Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

पराल र केराको पातबाट गुन्द्री : महिलाहरुका लागि आत्मनिर्भरको माध्यम

नेपाल न्युज बैंक
2 घण्टा अघि

मुगुको खत्याडगाँउपालिका–११ का विभिन्न बस्तीहरुमा बस्दै आएकी गरिब, बिपन्न, एकल महिलाहरु आय आर्जनका लागि गुन्द्री बुन्ने पेशाका सक्रिय हुन थालेका छन् । पराल, केराका पातहरुलाई सदुपयोग गर्दै उनीहरुले गुन्द्रीबाट राम्रो आम्दानी समेत गर्दै आइरहेका छन् ।

 

पालिकाभित्रका गाउँहरुमा धान र केरा खेती धेरै हुने भएकाले खेर गइरहेका पराल र केराका पातहरुको सदूपयोग गरेर उनीहरुले आय आर्जन गरिरहेका हुन् ।
‘गरिवसंग विश्वेश्वर’ कार्यक्रम अन्तर्गत वडा नम्बर ११ कोटडाडा, रातापानी, डाडिया बस्तीमा बस्दै आएकी गरिव ,एकल ,बिपन्न बर्गभित्र रहेका तीन समूहका ४० भन्दा बढी महिलालाई उक्त काममा सक्रिय छन् ।

 

गुन्द्री बुन्ने तालिम लिएपछि धेरै महिला आत्मनिर्भर भइसकेको सामाजिक परिचालिका आशा शाहीले बताइन् । शाहीका अनुसार चुलोचौकोमा व्यस्त हुनुपर्ने हामी गरिब महिलाहरुलाई गरिबसंग विश्वेश्वर कार्यक्रमबाट बिगतका बर्षहरुमा बेमौसमी र मौसमी तरकारी खेती गरेको र हाल गुन्द्री बुन्न सिकेका हुन् ।

 

घरखर्च चलाउन कुनैपनि आर्थिक स्रोत नभएको हुँदा अब गुन्द्री बुनेर आम्दानी गरी घर खर्च चलाउने उद्देश्य राखेको स्थानीय लालमती कार्कीले बताइन् । गुन्द्री तयार गर्ने तालिमले गाँउघरमा खेरजाने पराल र केराका पातहरु प्रयोगमा आउने प्रशिक्षक जय पुरा कार्कीले बताइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया