Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

सरकारको नयाँ प्रावधान अनुसार सुनचाँदी व्यवसाय गर्न सकिदैन् : मणिकरत्न शाक्य

News and Updates
6 घण्टा अघि

काठमाडौं । सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले आइतबार काठमाडौंको न्यूरोड क्षेत्रमा विरोध प्रदर्शन गरेको छ । सरकारले आगामी बजेटमार्फत सुनको गहनामा दुई प्रतिशत विलासी कर र हिराका गहनालाई भ्याट प्रणालीमा लैजाने घोषणा गरेपछि व्यवसायी विरोधमा उत्रिएका हुन् । उनीहरुले आइतबार विहान विभिन्न प्लेकार्ड र कालो व्यानर बोकेर न्यूरोड गेटदेखि बसन्तपुर डबलीसम्म र्यालीसहित प्रदर्शन गरेका हुन् ।

 

 

सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिकरत्न शाक्यले २०८२/८३ को बजेटमा व्यवस्था भएका कतिपय प्रावधानले सुनचाँदी व्यवसायीलाई प्रभावित बनाएको बताए ।
उनले सुनका गरगहनामा लगाइएको विलासिता कर खारेजी तथा पत्थरहरुमा १३ प्रतिशत कर लगाएको भन्दै यसलाई खारेज गर्नुपर्ने बताए ।

 

 

उनले भने, ‘२०८२/८३ को जुन बजेट आएको छ, त्यसमा व्यवस्था भएका कतिपय प्रवधानले सुनचाँदी व्यवसायीलाई एकदमै प्रभाव पार्ने भएकाले सुनका गरगहनामा लगाइएको विलासिता कर खारेजी गराउनका लागि र रत्न तथा पत्थरहरुमा १३ प्रतिशत कर लगाएको छ, त्यो पनि खारेज गर्नुपर्छ । साथै व्यवसायिकलाई आवश्यक ऐनको धेरै वर्षदेखि माग गर्दा पनि सुनुवाई नभएपछि सरकारलाई ध्यानाकर्षण गराइएको हो । सम्बन्धित निकायले सुनुवाइ गरेन् । सँधै आश्वासन मात्र दिने काम भयो । हाल आएको प्रावधानबाट व्यवसाय गर्न सकिँदैन । देशभरिका व्यवसायी मिलेर अझै सशक्त ढंगमा अगाडि बढ्ने सल्लाह भइरहेको छ ।’

 

 

उनीहरुले उपभोक्ता कर्मचारी र कालिगढ तथा व्यवसायीमैत्री ऐन जारी गर्न पनि माग गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया