२ फाल्गुन २०८२, शनिबार
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

अख्तियारलाई स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्न दिनुपर्छ : गगन थापा

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई स्वतन्त्र र निष्पक्ष रूपमा अनुसन्धान गर्न दिनुपर्ने बताएका छन् ।

 

 

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले हाल गृहमन्त्री रमेश लेखकसम्बन्धी उठिरहेको विषयमा प्रत्यक्ष राजनीतिक हस्तक्षेप गर्न नहुने बताएका हुन् ।

 

 

उनले यस प्रकरणले कानुनी सुधारको खाँचो औंल्याएको भन्दै भविष्यमा अख्तियार र अन्य अनुसन्धान निकायको संरचना, भूमिका र प्रक्रियामा व्यापक सुधार आवश्यक रहेको उल्लेख समेत गरेका छन् ।

 

 

त्यसैगरी, पार्टीको आगामी १५औं महाधिवेशनको सन्दर्भमा बोल्दै महामन्त्री थापाले अहिले त्यसबारे सोच्ने समय नभएको स्पष्ट पारे । उनले आफूलाई १४ औं महाधिवेशनमा दिइएको जिम्मेवारी पुरा गर्ने कार्यमा केन्द्रित रहेको समेत बताए ।

 

 

महामन्त्री थापा लोकतान्त्रवादी याक्थुङ संघको अधिवेशनमा सहभागि हुन धरान आएका हुन् ।