Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

News and Updates
3 महिना अघि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।

 

 

समितिको दैनिक मूल्य सुचि अनुसार तरकारीतर्फ, गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) ७० रुपैयाँ, र गोलभेँडा सानो (लोकल) ३९ रुपैयाँ तोकिएको छ । टनेलको सानो गोलभेटाको मूल्य प्रतिकिलो ५१ रुपैयाँ रहेको छ । आलु रातो प्रतिकिलो ३९ रुपैयाँ, भारतीय आलु रातो ३५ रुपैयाँ, र मुडे आलु रातो ३८ रुपैयाँ रहेको छ । प्याज सुकेको (भारतीय) को मूल्य प्रतिकिलो ४० रुपैयाँ निर्धारण गरिएको छ ।

 

 

अन्य तरकारीहरूमा गाजर (लोकल) ५५ रुपैयाँ, बन्दा (लोकल) १७ रुपैयाँ, काउली (स्थानीय) ४५ रुपैयाँ, मूला रातो ३५ रुपैयाँ, मुला सेतो (लोकल) २० रुपैयाँ, मुला (हाइव्रिड) २५ र भन्टा लाम्चो २० रुपैयाँ र भान्टा डल्लो ३२ रुपैयाँ किलो रहेको छ ।

 

 

तनेबोडीको मूल्य प्रतिकिलो ४० रुपैयाँ, मकैबोडी प्रतिकिलो ६५ रुपैयाँ, मटरकोसा १५० रुपैयाँ, र घिउ सिमी (लोकल) ४०, घिउ सिमी घिउ सिमी (हाइव्रिड) ३५ रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो १२०, भटमासकोशा १३० रुपैयाँ किलो मूल्य कायम भएको छ । तीतो करेला ५० रुपैयाँ, लौका ३२ रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौला ४० रुपैयाँ, र भिण्डी ३५, पिंडालू १२० रुपैयाँ निर्धारण गरिएको छ ।

 

 

त्यस्तै झिगुनी प्रतिकिलो ६० रुपैयाँ, पाकेको फर्सी ४५ रुपैयाँ, हरीयो लाम्चो फर्सी ३० रुपैयाँ, डल्लो हरीयो फर्सी २५ रुपैयाँ किलो मूल्य निर्धारण भएको छ ।

 

 

रायोसाग ३० रुपैयाँ, पालुङ्गो साग ४० रुपैयाँ, चम्सुर ७० रुपैयाँ र तोरीको साग ३५ रुपैयाँ प्रतिकिलो तोकिएको छ । मेथीको साग १०० रुपैयाँ र प्याज हरियो ७५ रुपैयाँ रहेको छ । च्याउ (कन्य) १९० रुपैयाँ, च्याउ (डल्ले) ३२० रुपैयाँ, र कुरिलो ३५० रुपैयाँ किलो रहेको छ ।

 

 

निउरो प्रतिकिलो ३० रुपैयाँ, ब्रोकाउली ७५ रुपैयाँ, चुकुन्दर ७५ रुपैयाँ, सजिवन १२० रुपैयाँ, रातोबन्दा प्रतिकिलो ७५, जरिीको साग ८० रुपैयाँ, ग्याठ कोबी ५५ रुपैयाँ, सेलरी १२०, पार्सले ४०० रुपैयाँ, सौफको साग १०० रुपैयाा, पुदिना ११०, गान्टे मुला ४० रुपैयाँ, इमली, १७०, तामा १००, तोफु १४०, गुन्द्रुक ३५० रुपैयाँ किलो मूल्य निर्धारण भएको छ ।

 

 

फलफूलतर्फ, स्याउ (झोले) २५० रुपैयाँ, स्याउ (फुजी) ३०० रुपैयाँ, र केरा (दर्जन) १५० रुपैयाँ तोकिएको छ । कागती प्रतिकिलो २०० रुपैयाँ, अनार ३५० रुपैयाँ, र आँप (मालदह) ६५ रुपैयाँ, आँप (दसहरी) ७५ रुपैयाँ किलो रहेको छ । अङ्गुर (हरियो) २५० रुपैयाँ, अङ्गुर (कालो) ३५०, तरबुजा (हरियो) ४० रुपैयाँ,  मौसम २०० रुपैयाँ, जुनार २२५ रुपैयाँ र भुइँकटहर प्रतिगोटा १८०, रुख कटहर ६५ रुपैयाँ किलो र भारतीय मेवा १०० रुपैयाँ निर्धारण गरिएको छ । लिची (लोकल) १४० रुपैयाँ र लिची (भारतीय) २०० रुपैयाँमा खरिद गर्न सकिनेछ ।

 

 

अदुवा ११० रुपैयाँ किलो, खुर्सानी सुकेको ४२० रुपैयाँ, खर्सानी हरीयो ५०, बुलेट खुर्सानी ४५ रुपैयाँ, माछे खुर्सानी ४० रुपैयाँ, अकबरे खुर्सानी ३०० रुपैयाँ, भेडेखुर्सानी ८५ रुपैयाँ, हरीयो धनियाँ ५० रुपैयाँ, चाइनीज सुकेको लसुन २२०, नेपाली सुकेको लसुन १८० रुपैयाँ, छ्यापी सुकेको २००, छयापी हरीयो १२० रुपैयाँ किलो मूल्य निर्धारण भएको छ ।

 

 

त्यसैगरी ताजामाछा रहु ३३० रुपैयाँ, बचुवा माछा ३२० रुपैयाँ, छडी माछा २४० रुपैयाँ, राजा च्याउ, ३००, सिताके च्याउ ९०० रुपैयाँ किलो निर्धारण भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया