Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

प्रतिनिधिसभा बैठक : सूचना टाँस गरेर स्थगित

News and Updates
2 दिन अघि

काठमाडौँ, २१ जेठ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगन गरिएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक दलहरुका बीचमा बैठक सञ्चालनका लागि सहमति नजुटेपछि ३ः१५ का लागि सारिएको थियो ।

 

 

दोस्रोपटक तोकिएको समयमा पनि बैठक बस्न नसकेपछि बिहीबार १ बजे बस्नेगरी सूचना टाँस गरिएको संसद् सचिवालयले जनाएको छ ।

 

 

भिजिट भिसा विषयमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै सदनमा प्रतिपक्षी दलहरु नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, नेकपा एकीकृत समाजवादीलगायतले प्रतिनिधिसभा बैठक सञ्चालन गर्न दिएका छैनन् ।

 

 

मङ्गलबार पनि प्रतिपक्षी दलहरुले आफ्नो अडान कायमै राखेपछि बैठक आजका लागि सरेको थियो ।

 

 

आजको बैठकमा यहि जेठ १५ गते सदनमा प्रस्तुत भएको आगामी आव २०८२/८३ को बजेटमाथि छलफल गर्ने सम्भावित कार्यसूची रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया