Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

कोटिहोमले धार्मिक पर्यटन भित्र्याउन ठुलो मद्दत पुग्छ : डा.तोसिमा कार्की

News and Updates
2 हप्ता अघि

पोखरा । प्रतिनिधि सभा सदस्य पूर्वस्वास्थ्य राज्यमन्त्री डा.तोसिमा कार्कीले कोटिहोम र महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजको प्रशंसा गरेकी छन् ।

 

 

पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सहभागि हुन पुगेकी उनले पोखरा आफैमा पर्यटकीय राजधानी भएकाले यस्ता किसिमका कोटिहोमले धार्मिक पर्यटन भित्र्याउन ठुलो मद्दत मिल्ने बताइन् ।

 

 

उनीसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रदेखि जिल्ला तहका नेताले कोटिहोम दर्शन गरेका थिए । कोटिहोममा कथा वाचन गरिरहेकी भागवत मञ्जरी राधिका दासी सोमबार गुरुङ समुदायको पोसाकमा कथा वाचन गर्दै धेरैको ध्यान आकर्षित गरेकी थिइन् ।

 

 

उनी मखमल र भेल भेटको चोलो, घलेक, कटनको लुङ्गी, कालो मखमलको टिकिस, पटुका र मलिनको पछ्यौरी लगाएर पाण्डलमा आएका थिइन् । उनले जेठ २६ गते सम्म कथा वाचन गर्नेछिन् । देश विदेशबाट आगमन भएका साधु, सन्त, महन्तले निकै रौनकता थपेको छ ।

 

 

अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको सुरुवातसँगै महायज्ञमा अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभा, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, वाचन प्रवीण पं.दिनबन्धु पोखरेललगायत साधु सन्तले महायज्ञमा कथा वाचन गरिसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया