News and Updates

काठमाडौं । बिवाहित र अबिवाहित महिलाहरुबीचको सौन्दर्य प्रतियोगिता मिस एण्ड मिसेस रोयल ग्लोबल क्विन नेपाल २०२५ सम्पन्न भएको छ ।
आइतबार साँझ काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरको हलमा आयोजित फिनालेबाट चारजना बिजेता छानियो । जसमा अबिवाहित अर्थात मिस रोयल ग्लोबल क्विन नेपाल २०२५ तर्फ दिपा क्षेत्री बिजेता बनिन् भने मेरिता पोखरेल फस्र्ट रनरअप बन्न सफल भइन् ।
यस्तै बिवाहित अर्थात मिसेस रोयल ग्लोबल क्विन नेपाल २०२५ तर्फ सारिका बुढा बिजेता बन्न सफल भइन् भने सिर्जना राई फस्र्ट रनरअप बनिन् । आयोजक शाह स्टुडियो एण्ड कम्पनी प्रालीका अध्यक्ष मोनु शाहले चारैजना बिजेताहरुले नेपाललाई प्रतिनिधित्व गर्दै मलेसिया र मुम्बईमा हुने प्रतिस्पर्धामा सहभागिता जनाउन पाउने जानकारी दिए ।
शाहका अनुसार मिस तर्फकी बिजेता दिपा र मिसेस तर्फकी बिजेता सारिकाले मलेसियामा प्रतिनिधित्व गर्न पाउनेछन् भने मिस तर्फकी फस्र्ट रनरअप मेरिता र मिसेस तर्फकी फस्र्ट रनरअप सिर्जनाले मुम्बईमा प्रतिनिधित्व गर्न पाउनेछन् । उनीहरु मलेसिया र मुम्बई जाने तालिका आउन बाँकी रहेको र दुईमहिना भित्रमा पुगिसक्ने जानकारी गराइयो ।
मिस एण्ड मिसेस रोयल ग्लोबल क्विन नेपाल २०२५ का बिजेताहरुले आफूहरुमा आत्मबल बढेको बताए । सुरुमा आफूहरुलाई सामुहिक रुपमा बस्दा कन्फिडेन्ट नहुने समस्या धेरै भएको तर अहिले यस प्रतियोगीतामा आइसकेपछि धेरै कुरामा कन्फिडेन्ट बढेर आएको बताएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया