News and Updates

काठमाडौं । जेठ २४ (७ जून २०२५) गतेका दिन ‘फुड सेफ्टी : साइन्च इन याक्शन’ भन्ने नाराका साथ सातौंैं विश्व खाद्य स्वच्छता दिवस विश्वभर मनाईदै छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सातौं विश्व खाद्य स्वच्छता दिवस विश्वभर मनाउन लागेको बताएका छन् ।
यसै सन्दर्भमा नेपालमा पनि ‘खाद्य पदार्थमा स्वच्छताः विज्ञानको अपरिहार्यता’ भन्ने नाराका साथ २०८२ जेठ १८ देखि २४ गतेसम्म सप्ताहव्यापी रुपमा विश्व खाद्य स्वच्छता दिवस, २०८२ मनाइ रहेको छ ।
विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार विश्वमा हरेक वर्षमा अस्वच्छकर एवं दूषित खाद्य पदार्थबाट झाडापखाला देखि क्यान्सरसम्म दुईसय भन्दा बढी रोग लाग्ने, प्रत्येक दश जनामध्ये एक जना मानिस विषाक्त खाद्य पदार्थको उपभोगका कारण विरामी हुने गरेका छन् ।
त्यस्तै चार लाख २० हजार मानिस खाद्यजनित रोगबाट मृत्यु हुने तथा झाडापखालाबाट करिव ५५ करोड विरामी हने र दुई लाख ३० हजार मानिसको मृत्यु हुने गर्दछ ।
खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कृषि सूचना तथा प्रशिक्षण केन्द्र र काठमाडौं महानगरपालिकाको कार्यालयको समन्वयमा खाद्य स्वच्छता संवाद कार्यक्रम, राष्ट्रिय टेलिभिजन कार्यक्रममा खाद्य स्वच्छता सम्बन्धी संवाद कार्यक्रम, एफएम र टिभी लगायत सञ्चार माध्यममा सूचना सन्देश प्रसारण गर्ने गरेको छ ।
त्यस्तै विशिष्ट व्यक्तिमार्फत सचेतनामूलक सार्वजनिक सन्देश, पोष्टर पम्प्लेट लगायतका सामग्रीको निर्माण तथा प्रसारण काठमाडौँ महानगरपालिकासंगको सहकार्यमा मोबाइल फुड ल्याव भ्यान परिचालन गरी होटल रेष्टुरेण्ट, दूध, प्रशोधित पिउने पानी, ताजा फलफूल तरकारी अनुगमन निरिक्षण विद्यालयस्तरीय खाद्य पोषण तथा स्वच्छता सचेतना कार्यक्रम सञ्चालन भएको छ ।
खाद्य प्रविधि सम्बन्धि पठनपाठन हुने शैक्षिक संस्थाबीच वक्तृत्वकला प्रतियोगिता तथा खाद्य स्वच्छता एवं शुक्ष्मजैविक प्रतिरोध सम्वन्धी सचेतना कार्यक्रम, खाद्य स्वच्छता अभिवृद्धिका लागि सूचना प्रविधिको प्रयोग विषयक हाकाथुन प्रतियोगिता, खाद्य स्वच्छता तथा गुणस्तर सिफारिस समितिको बैठक, खाद्य स्वच्छता प्रणाली सँग सम्बन्धित नीतिगत विषयमा अन्तरक्रिया सम्वाद कार्यक्रम सञ्चालन भई रहेका छन् ।
यस्तै, खाद्य स्वच्छतासंग सम्बन्धित सरोकारवालाः सरकारी निकाय, गैर सरकारी संघसस्था, खाद्य व्यवसाय, शिक्षण संघसस्था, एवं उपभोक्ता हकहित संग सम्बन्धी संघसस्थाहरु लगायतको सहभागीतामा विश्व खाद्य स्वच्छता दिवस, ७ जुन २०२५ का दिन बिहान प्रभातफेरि कार्यक्रम गरी सोहि दिन दिउँसो मूल समारोह कार्यक्रम सन्चालन गरिने छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया