Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

अब कोशीका सबै जिल्लामा पूर्वाधार कार्यालय

News and Updates
2 दिन अघि

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि प्रदेशका १४ वटा जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना गर्ने भएको छ ।

 

 

कोशी प्रदेश सरकारको आज(सोमबार)बसेको मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार मन्त्रालयको ओएनएम स्वीकृत गर्दै कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।

 

 

कोशी प्रदेशमा यसअघि सातवटा सहरी विकास कार्यालय र सातवटा पूर्वाधार कार्यालय थिए । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीका अनुसार ती कार्यालय प्रत्येक जिल्लामा थिएनन् ।

 

 

कुनै जिल्लामा सहरी र पूर्वाधार दुईटै कार्यालय थिए । त्यसका कारण एउटा कार्यालयले दुई तीनवटा जिल्लासम्म हेर्नुपर्दथ्यो । अब प्रत्येक जिल्लाले आफ्नो जिल्लाको मात्रै काम हेर्नुपर्ने र यसले सेवा प्रवाहमा सजिलो हुने सरकारले विश्वास लिएको छ । मन्त्री भण्डारीले यो निर्णयले काम छिटो छरितो र हुने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया