News and Updates

काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको २४ वर्ष पूरा भएको छ । हरेक महिनाको तेस्रो शुक्रबार चल्ने भोजका समयमा २०५८ जेठ १९ गते राति दरबारमा हत्याकाण्ड भएको थियो । राजदरबारको ‘अति सुरक्षित’ स्थलमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्रलगायत परिवारका अन्य सदस्यको हत्या भएका थियो ।
उक्त घटनाबारे २४ बर्ष पुरा हुँदा पनि सत्यतथ्य सार्वजनिक भएको छैन् । घटनापछिका हरेक सरकारहरुले दरबार हत्याकाण्डको रहस्य पत्ता लगाएरै छाड्ने आश्वासन दिंदै आएका छन् । दर्जनपटक सरकार परिवर्तन हुँदा पनि आजसम्म घटना रहस्यकै गर्भमा छ ।
राजा वीरेन्द्रको वंशनाश हुनेगरी भएको सो हत्याकाण्डको सम्झना गर्दा अहिले पनि जनता शोकमग्न हुन्छन् । घट्नाको स्मरण गर्दा आम सर्वसाधरणहरु भावुक हुने गर्छन् ।
सुर्खेतमा सुर्य बहादुर सिंह नेपालको इतिहासका लागि जेष्ठ १९ गते नेपाली जनताको लागि कालो दिन रहेको बताउँछन् । कोहीपनि नेपाली यस दिनलाई कहिल्यै विर्सन नसकिने बताएका छन् । राजसंस्थाको सन्दर्भमा कुरा गर्दा विश्वभर शिर ठाडो गरि हिड्नसक्ने अवस्था रहेको भएपनि हत्याकाण्डका बारेमा सत्यतथ्य एवम निष्पक्ष छानविन नहुनु दुःखद भएको उनको भनाइ छ ।
उनले भने ‘नेपालको इतिहाँसको लागि जेष्ठ १९ गते नेपाली जनताको लागि कालो दिन हो । जनताले यस दिनलाई कहिल्यै विर्सन सक्दैनन् । नेपालमा गणतन्त्र आएको १७ बर्ष हुँदापनि राजाको स्थान नहुनु दुखद हो ।’
त्यस्तै दाङक सुशिल लामिछानेले राजाको शासन खुलेर बोल्न पाएको तर अहिले गणतन्त्रको शासनमा सबैभन्दा धेरै भ्रष्ट्राचार बढिरहेको बताए ।
उनले ‘राजाको शासन खुलेर बोल्न पाइन्थ्यो । गणतन्त्रको शासनमा सबैभन्दा धेरै भ्रष्ट्राचार बढि रहेको छ । आफ्ना नातागोतालाई बढी प्रथामिकता दिएका कारण अवस्था विग्रिएको छ ।’
तर तनहुँका भगिरथ घिमिरे गणतन्त्रवादीहरुले नै राजदरबार हत्याकाण्डका बारेमा छानविन हुन नदिएको आरोप लगाउँछन् । घट्ना भएकै दिन नयाँ राजालाई नारायणहिटी भित्र्याउने योजनालाई दलहरुले रोकेको उजी जिकिर गर्छन् । अब आन्दोलनबाटै राजालाई नारायणहिटी भित्र्याउने उनको योजना छ ।
सुर्खेतका मान बहादुर खरेलले पनि राष्ट्रभक्तहरुले जेठ १९ लाई कालो दिनको रुपमा लिइरहेको बताए । तीन ठूला राजनीतिक दलहरु मिलेर जनताको राम्रो व्यवस्थालाई झुलाइ रहेको समेत आरोप लगाए ।
त्यस्तै सुृर्खेतकै अर्का पदम राज जोशीले एमाले र कांग्रेस मिलेर जेष्ठ १९ गतेको घटना घटाइएको आरोप लगाएका छन् । उनले विश्वमा नेपाली जनता चिनाउन राजा नै चाहिने बताए ।
‘नेपालका राजनीतिक दलहरु विषेशगरी एमाले र कांग्रेस मिलेर जेष्ठ १९ गतेको घटना घटाइएको हो । राष्ट्र र राष्ट्रियताको लागि राजा नै सर्वस्व हुनुहुन्थ्यो । विश्वमा नेपाली जनता चिनाउन राजा नै चाहिन्छ । भ्रष्टचारीले देश बेचिसकेकाले मृत्युदण्डको व्यवस्था मिलाउन राजा आवश्यक रहेको छ’ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया