News and Updates

काठमाडौं । पत्रकार हिमेशरत्न वज्राचार्यद्वारा लिखित पुस्तक ‘स्वर्णकथा : नेपाली फुटबल’को लोकार्पण गरिएको छ । आइतबार एक विशेष कार्यक्रमकाबीच उक्त पुस्तक लोकार्पण गरिएको हो ।
पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै पत्रकार भूपेन्द्र खड्काले खेलकुदको यो किताव प्रकाशन गरिरहँदा खेलकुदको इतिहासका बारेमा बुझ्न सजिलो हुने बताए ।
उनले खेलकुदको बर्तमानका बारेमा खेलाडीका बारेमा र खेलले राष्ट्रलाई दिएको योगदानका बारेमा व्यख्या पुस्तकले गरेको बताए ।
उनले भने, ‘मैले करिब करिब २२ वर्ष सञ्चारमाध्यममा आफ्नो समय विताए । खेलकुदको बारेमा बोल्दा यो क्षण खेलकुदको भाषामा भन्दा मेरो जीवनको सर्वनाक हार जस्तो हो । खेलकुदको यो किताव प्रकाशन गरिरहँदा खेलप्रेमी भएपनि खेलकुदका इतिहासका बारेमा खेलकुदको बर्तमानका बारेमा खेलाडीका बारेमा र खेलले राष्ट्रलाई दिएको योगदानका बारेमा व्यख्या गर्ने म मा तागत छैन । पुस्तकले खेलाडीका बारेमा र खेलले राष्ट्रलाई दिएको योगदानका बारेमा व्यख्या गरेको छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया