२७ आश्विन २०८२, सोमबार
बागमती मुख्‍य समाचार विचार समाचार

संसदीय समितिमा न्यायाधीशहरू विरुद्ध परेको उजुरीबारे छलफल

काठमाडौं । बिहीबार संसदीय सुनुवाइ (संयुक्त) समितिको बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरुका सम्बन्धमा परेका उजुरीहरु खोल्ने र समितिका सदस्यहरुलाई कार्ययोजना वितरण गर्ने काम भएको छ ।

 

समितिको बैठकमा सभापति ईश्वरी न्यौपानेले प्रस्तावित न्यायाधीशहरू विरुद्ध परेको उजुरीबारे जानकारी दिदैँ उक्त उजुरीहरुमाथि छलफल गरिएको हो । सोही क्रममा समिति सभापति ईश्वरी न्यौपानेले समितिमा ५ वटा व्यक्ति केन्द्रित र दुई वटा सुनुवाइ प्रक्रियासँग सम्बन्धित उजुरी दर्ता भएको जानकारी दिइन् ।

 

१५ गते आइतबार प्रस्तावित न्यायाधीशहरूसँग सुनुवाइ गर्ने निर्णय पनि समितिको सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तीन जनाविरुद्ध सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिमा सात उजुरी परेका छन् ।

 

बैठकमा सचिवालयबाट तयार गरिएको प्रस्तावित कार्यतालिका परिमार्जन सहित पारित भएको घोषणा पनि गरिएको छ ।