Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर अहिलेपनि लागिरहेको छु : अध्यक्ष प्रचण्ड

नेपाल न्युज बैंक
10 घण्टा अघि

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर आफू लागिरहेको बताएका छन् ।
मंगलबार सिंहदरबारमा नेकपा एसका अध्यक्ष माधव नेपालसँगको भेटपछि सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

 

उनले भने,‘यसमा म रास्वपालाई धेरै केही भन्न चाहान्न । रास्वापा र रवि लामिछानेलाई अन्याय नहोस् भन्नको निम्ति हामीले अन्तिम समयसम्म प्रयास गरेको हौं । अझै गरिराखेको छु । रास्वपाको साथिहरुले एकदिन सबै कुरा बुझ्नुहुन्छ ।’

 

उनले समाजवादी मोर्चालाई कसरी अगाडि बढाउने भन्ने विषयमा पनि बैठकमा छलफल भएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया