Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

‘लालीबजार’ मा स्वस्तिमा

रासस
4 घण्टा अघि

काठमाडौँ, १० असार । ‘जात्रा’ शृङ्खलामार्फत स्थापित भएको ब्यानर षट्कोण आट्र्सले निर्माण गर्ने नयाँ चलचित्र ‘लालीबजार’ मा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित भएकी छन् । निर्माण पक्षले आज एक पोस्टर सार्वजनिक गर्दै अभिनेत्री खड्काको सो चलचित्रमा अभिनय रहने बताएको छ ।

 

 

अभिनेत्री खड्काले आफू देखिएको पात्रभन्दा भिन्न रहेकाले चलचित्रमा अभिनय गर्न लागेको बताइन् । उनले भनिन्,“अघिल्ला चलचित्रको तुलनामा यसपटक फरक स्वस्तिमा देख्नेछिन् । अभिनेत्रीका रुपमा हामीलाई फरक काम गर्ने इच्छा हुन्छ तर, त्यस्तो भूमिका र विश्वसनीय निर्माण समूह कमै पाइन्छ । यसपटक कथावस्तुसहित समग्र विषय उपयुक्त भएकाले काम गर्न लागेकी हुँ ।”

 

 

सार्वजनिक पहिलो झलकमा उहाँ गर्भवतीको चरित्रमा देखिने भएको छ । कलाकार तथा निर्माता रवीन्द्रसिंह बानियाँले मनोरञ्जनसँगै सामाजिक विषयलाई चलचित्रमा देखाइने जानकारी दिए । उनले ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ निर्माण गरेर दर्शकको विश्वास जितिसकेका छन् । यस चलचित्र ‘लालीबजार’ का निर्देशक तथा यम थापाले आइरहेकाभन्दा भिन्न विषयलाई पर्दामा ल्याउन लागिएको बताए । “यो विषय भिन्न छ, हामीले अहिले सबै कुरा खुलाउन सक्दैनौँ । तर, स–परिवार हेर्न मिल्ने हाम्रो समाजकै एउटा महत्वपूर्ण विषयलाई समेटेर चलचित्रको कथा तयार गरिएको छ । यसअघिका भन्दा यो चलचित्र अलि भिन्न बनाउन सक्दो प्रयास हुनेछ,” निर्देशक थापाले भने ।

 

 

निर्माता बानियाँ र म्याक्स दीपेस खत्रीले निर्माण गर्नुहुने सो चलचित्रमा प्रदीप भट्टराईले कार्यकारी निर्माताको भूमिका निर्वाह गर्नेछन् छन् ।  उक्त चलचित्र आगामी फागुन १ गते प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया