२७ आश्विन २०८२, सोमबार
मुख्‍य समाचार राजनीति

जनप्रतिनिधिहरुले काम नै गरेनन भनेर सुनुयोजित तरिकाले दुस्प्रचार भयो : मन्त्री सिंह

काठमाडौं । सहरी विकास मन्त्री प्रकाशमान सिंहले जनप्रतिनिधिहरुले काम नै गरेनन भन्ने सुनुयोजित तरिकाले दुस्प्रचार गरिएको बताएका छन ।

सोमबार गोकर्णेश्वर नगरपालिकाको नगरसभालाई सम्बोधन गर्दै उनले गोकर्णेश्वर नगरपालिकाको जस्तो राम्रो कामलाई अगाडि बढाउन सकेको खण्डमा वर्तमान व्यवस्था ठिक छैन भन्ने भ्रम पैदा गर्नेहरुलाई कडा जवाफ हुने बताए ।

उनले भने, ‘अहिले जनप्रतिनिधिहरुले काम गरेन भन्ने एउटा सुनुयोजित तवरले सिस्टमले काम नै गर्न सक्दैन् भन्ने दुस्प्रचार गरिरहेको छ । मलाई लाग्छ यस्ता राम्रा काम गरेको पालिकाहरुको कामलाई अगाडि बढाएको खण्डमा यो व्यवस्था नै ठिक छैन भनेर आम जनतामा भ्रम पैदा गर्नेहरुलाई कडा जवाफ हुने छ ।’

उनले गोकर्णेश्वरले सेवालाई सुव्यवस्थित गरेको भन्दै सबै पालिकाहरुले आधुनिक उपकरणहरुको सदुपयोग गरेर सेवा दिने काममा गोकर्णेश्वरको देखासिखी गर्नुपर्ने बताए ।

उनले भने, ‘मलाई लाग्छ अरु नगरपालिका र गाउँपालिकाले पनि यो गोकर्णेश्वर नगरपालिकाले जस्तै सेवालाई सुव्यवस्थित गर्नको लागि, अझ सहज गर्नको लागि आधुनिक उपकरणहरुको सदुपयोग गरेर सेवा दिने काममा यसको देखासिखी गर्यो भने राम्रो हुन्छ ।’

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।