Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

‘बाँझो खेतमा यसपाली : बाँदरले असर नपार्ने नगदेबाली’

नेपाल न्युज बैंक
1 हप्ता अघि

गण्डकी, ९ असार । कास्कीको रूपा गाउँपालिकाले चार हजार क्षेत्रफल जग्गामा मसलाजन्य बाली विस्तार गर्नेभएको छ ।

 

गाउँपालिकाले आर्थिक वर्ष २०८२र८३ को वार्षिक नीति तथा कार्यक्रममा ‘बाँझो खेतमा यसपाली : बाँदरले असर नपार्ने नगदेबाली’ भन्ने नाराका साथ बाँदरले असर नपार्ने मसलाजन्य नगदेबाली अदुवा, लसुन, बेसार, टिमुर, हलेदो लगाउन मसलाजन्य बाली उत्पादन कार्यक्रम सञ्चालन गर्ने भएको गाउँपालिका प्रमुख नवराज ओझाले बताए ।

 

 

लसुन, प्याज, बेसार, टिमुर, हलेदोलगायत मसलाजन्यबाली लगाउन प्रोत्साहन गर्नुका साथै उत्पादनमा आधारित न्यूनतम अनुदान व्यवस्था गरी चार हजार रोपनी जग्गामा मसलाजन्य बाली विस्तार गरिने उनले बताए ।

 

 

कृषि तथा पशुपालनमा आत्मनिर्भर हुनका लागि बेरोजगार युवालाई कृषि पेसामा प्रोत्साहित गरी आयआर्जनमा जुटाउन एकीकृत कृषि तथा पशुपालन कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

 

‘मेहनती किसानको हात : गाउँपालिकाको साथ’ भन्ने नाराका साथ कृषि क्षेत्रको लागत घटाउन कुल लागतको आधारमा व्यावसायिक किसानलाई लागत र उत्पादनमा आधारित अनुदान प्रदान गरिने अध्यक्ष ओझाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया