Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

खैरो हिरोइनसहित दुई जना पक्राउ

रासस
3 घण्टा अघि

भद्रपुर झापा, ८ असार । झापाको भद्रपुर भन्सार चोकबाट लागुऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् ।

 

 

प्रहरीले विशेष सूचनाका आधारमा भारतबाट नेपाल प्रवेश गर्दै गरेको सवारीसाधन जाँच गर्ने क्रममा  लागुऔषध  फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

 

 

प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार भद्रपुर नगरपालिका–५ स्थित भन्सार चोकमा बागमती प्रदेश ०१-०३० च ७७९३ नं को को नेटा कम्पनीको नीलो रङको कारको चालक बस्ने सिटमुनि लुकाएको अवस्थामा खैरो हिरोइन ४७ दशमलव ६९ ग्राम खैरो हिरोइन बरामद गरेको हो ।

 

 

उनका अनुसार पक्राउपर्नेमा काठमाडौैँ महानगरपालिका–२६ बस्ने २४ वर्षीय निवेश कुँवर र लमजुङ कोलासोतार गाउँपालिका– ७ बस्ने २२ वर्षीय रोजिना रानामगर रहेका छन् ।

 

 

पक्राउ परेका दुवै जनालाई लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत झापाबाट पाँच दिनको म्याद लिइएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया