२६ आश्विन २०८२, आईतवार
मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

‘एक घर, एक लालीगुराँस बिरुवा’ अभियानमा विद्यार्थी नेता बस्याल

तानसेन पाल्पा, ८ असार । बगनासकाली गाउँपालिका–८ बराङ्दीका सुशील बस्याल राष्ट्रिय झण्डा र लालीगुराँसको संरक्षण अभियानमा निरन्तर लाग्दै आएका छन् ।

 

तानसेन नगरपालिका–५ छापथोक गुर्जुडाँडामा पुरानो अवस्थामा रहेको राष्ट्रिय झण्डालाई उनले फेरेका छन् । उनले आफ्नै खर्चमा झण्डा फेरेका हुन् ।
तानसेनमा रहेका राष्ट्रिय झण्डा फेर्नुपर्ने अवस्थामा रहँदा समेत यहाँको स्थानीय सरकार, राजनीतिक दल, कर्मचारीको ध्यान जान नसकेको छैन ।

 

 

उनले भने, “सामाजिक सञ्जालमा च्यातिएको झण्डा सुन्दरडाँडामा फहराइरहेको देखेँ, मेरो मनले झण्डाको अपमान भएको देख्न सकेन र एउटा झण्डा लगेर त्यहाँ राखेको हुँ ।” उनले राष्ट्रिय झण्डा राष्ट्रको अस्मिता हो, त्यसको अपमान गर्न नहुने बताए ।

 

 

स्वतन्त्र विद्यार्थी युनियन त्रिभुवन बहुमुखी क्याम्पसका सचिवसमेत रहनुभएका उनले समाजलाई कसरी स्वच्छ, सफा र सुन्दर बनाउन सकिन्छ भन्ने अभियानमासमेत जुट्ेका छन् । अहिले उनले गाउँलाई हरियालीमात्र होइन राष्ट्रप्रतिको माया सबैलाई जगाउन लालीगुराँस रोप्ने अभियान नै चलाउँदै आएका छन् । उनले एक घर एक लालीगुराँस अभियानअन्तर्गत सबै घरघरमा पुगेर लालीगुराँसका बिरुवा लगाएका छन् ।

 

 

उनले अभियानमा अहिले सयौँ घरमा पुर्याइसकेका छन् । उनले आफ्नै लगानीमा स्थानीय नर्सरीबाट बिरुवा ल्याई लगाउने गरेका छन् । केही बिरुवाका लागि भने स्थानीय व्यक्तिको पनि सहयोग रहेको छ । नेता बस्यालले बेलौती खर्क टोलका सबै घरमा गुराँसका बिरुवा लगाइसकेका छन् । उनले गाउँभित्रका विद्यालय, वडा कार्यालय र विभिन्न धार्मिकस्थलसमेत लालीगुराँसका बिरुवा रोपेका छन् ।

 

 

उनी भन्छन्, “सबैलाई देश र समाजप्रति समर्पित हुनको लागि राष्ट्रिय फूलको महत्व बुझाउन र गाउँलाई लालीगुराँसका रूपमा विकास गरी पर्यटनको विकास गराउनु अभियानको मुख्य उद्देश्य रहेको छ ।” उनले गाउँलाई सुन्दर र स्वच्छ बनाउने दायित्व स्थानीय सरकारको भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताए । बस्यालले भन्नुभयो, “व्यक्ति एक्लैले गाउँ, समाजलाई सुन्दर र सभ्य बनाउन सम्भव छैन, यसमा स्थानीय सरकारले पनि चासो दिनुपर्छ ।”