Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

विद्यालय सहयोगी, कर्मचारी र सुरक्षा गार्डका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

News and Updates
5 घण्टा अघि

काठमाडौं । नेसनल प्याब्सन बुढानिलकण्ठ नगर समितिको आयोजनामा विद्यालय सहयोगी, कर्मचारी तथा सुरक्षा गार्डहरूका लागि एक दिवसीय क्षमता अभिवृद्धि तालिम शनिबार सम्पन्न भएको छ ।

 

मिलन चोकस्थित पार्टी भेन्युमा सम्पन्न उक्त तालिम कार्यक्रममा नेसनल प्याब्सन बुढानिलकण्ठका अध्यक्ष सुदिप काफ्लेको अध्यक्षता रहेको थियो भने बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी प्रमुख अतिथि थिए ।

 

कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष तथा नगर प्रवक्ता नवराज भट्टराई र वडा नम्बर १२ का अध्यक्ष शम्भु भट्टराई विशेष अतिथिका रूपमा सहभागी थिए ।

 

कार्यक्रममा प्रशिक्षक लक्ष्मी सुबेदीले विद्यालयमा कार्यरत सहयोगी कर्मचारी तथा सुरक्षा गार्डहरूको पेशागत कार्यदक्षता, व्यवहार र उत्तरदायित्व सम्बन्धी विविध पक्षमा प्रशिक्षण समेत दिएका छन् ।

 

प्रशिक्षणको उद्देश्य विद्यालयको समग्र वातावरण सुधारमा सहयोग पु¥याउने र कर्मचारीको व्यक्तिगत तथा पेशागत क्षमतामा वृद्घि ल्याउने रहेको आयोजकले जनाएका छन् ।

 

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख मिठाराम अधिकारी यस्ता तालिमले सहभागीहरूमा सकारात्मक प्रभाव पारेको भन्दै आयोजकले यस्ता कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गर्नु पर्नेमा जोड दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया