Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

मन्त्रीहरु उपस्थित नभएसम्म सदन चल्दैन् : हितराज पाण्डे

नेपाल न्युज बैंक
5 घण्टा अघि

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेकत हितराज पाण्डेले मन्त्रीहरु बिना सदन नचल्ने भन्दै विरोध जनाएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सदनमा मन्त्रीसामु राख्नुपर्ने गुनासोहरु मन्त्रीहरुकै उपस्थितीबिना सदन संचालन गर्न नहुने भन्दै विरोध गरे ।

 

‘सदन भएका दिन मन्त्रीहरुको उपस्थित हुँदैनन् । मन्त्रीहरुले नियम पालना गर्न नपर्ने अरुले मात्रै पालना गर्नपर्ने ?’ उनको आक्रोश थियो ।

 

उनले भने ‘सरकारले सदनलाई धेरै हेप्यो । बारम्बार कार्यसूची आँउछ अनि फेरि हटाइन्छ । कारण मन्त्रीको अनुपस्थिति भनिन्छ । आजपनि मन्त्री छैनन् । मन्त्रीहरु बेगर यो सदन अघि बढ्दैन । नियम अरुले मान्नपर्ने मन्त्रीहरुले मान्न पर्दैन ? मन्त्रीलाई सुनाउनपर्ने कुरा मन्त्री नै छैनन् । त्यसैले सरकारको उपस्थिति विना यो सदन अघि बढ्दैन ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया