Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

सुर्खेतमा शशीला मोटर्सले गर्यो १९ वटा ‘किटोन’माइक्रो भ्यान हस्तान्तरण

नेपाल न्युज बैंक
4 घण्टा अघि

काठमाडौं । शशीला मोटर्स प्रा.लि.ले सुर्खेतको काँक्रेबिहार यातायात प्रा.लि.लाई ‘किटोन’ ब्राण्डका १९ वटा माइक्रो भ्यानहरू औपचारिक रुपमा हस्तान्तरण गरेको छ ।
बिहीवार वीरेन्द्रनगरमा आयोजित एक विशेष कार्यक्रममा ती गाडीहरू हस्तान्तरण गरिएको हो ।

 

१४ सिट क्षमताका ती माइक्रो भ्यानहरू सुर्खेतदेखि नेपालगञ्ज र दैलेखसम्मका विभिन्न रुटहरूमा सञ्चालन गरिनेछ । शशीला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले गाडीको चाबी हस्तान्तरण गर्दै ‘किटोन’ ब्राण्ड कम लगानीमा बढी आम्दानी दिन सक्ने भरपर्दो विकल्प भएको दाबी गरे । उनले गाडीको बिक्री मात्र नभई बिक्रीपछिको सर्भिसलाई पनि पहिलो प्राथमिकता दिएको स्पष्ट पारे ।

 

‘म २३ वर्षदेखि यातायात क्षेत्रमा सक्रिय छु र आफैँ पनि एक यातायात व्यवसायी हुँ’ खतिवडाले भने, ‘व्यवसायीहरूको सेवा र विश्वासप्रति म सदैव समर्पित रहनेछु ।’
काँक्रेबिहार यातायात प्रा.लि.का अध्यक्ष रमेश सापकोटाले शशीला मोटर्सप्रति रहेको विश्वासका कारण ‘किटोन’ ब्राण्डका गाडीहरू खरिद गरिएको जानकारी दिए ।

 

 

उनले यो लगानीबाट यातायात व्यवसायमा राम्रो आम्दानी हुनेमा संस्था ढुक्क रहेको बताए । सापकोटाले सन्तोष खतिवडाप्रतिको विश्वास आगामी दिनहरूमा अझ बलियो बन्ने अपेक्षा पनि व्यक्त गरे ।

 

कार्यक्रममा यातायात व्यवसायी, प्राविधिकहरू तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। शशीला मोटर्सले भविष्यमा पनि व्यवसायीहरूसँगको सहकार्यलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया