१८ कार्तिक २०८२, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

आज दुई वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका आर्थिक मामिला उपसमिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने भएको छ ।

 

विहान ११ बजे बस्ने आर्थिक मामिला उपसमितिको बैठकको बैठकमा मिति २०८२÷०२÷१५ गतेको बजेट बक्तब्यबाट सुनचाँदी तथा बहुमूल्य पत्थरको कारोवारमा लगाइएको करका कारण आन्दोलनरत व्यवसायीहरुसँग छलफल गरिने कार्यसूची रहेको छ ।

 

यसैगरी बिहान ९ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठक केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गरिने कार्यसूची रहेको छ ।