नेपाल न्युज बैंक

काठमाडौं । नायक पल शाह र नायिका नीति शाहले चलचित्र ‘मोहर’को शीर्ष गीत ‘चाहिदैन मोहर पर्दैन सुकी’ सार्वजनिक भएको छ । बिहीबार निर्माण टीमले एक विशेष कार्यक्रमकाबीच उक्त गीत सार्वजनिक गरेको हो ।
गीतमा पल र नीति रोमान्टिक देखिएका छन् । ‘चाहिदैन मोहर’ बोलको गीतमा सुरेश अधिकारीको संगीत, प्रमोद ढुंगानाको शब्द, शरद हुमागाइँ र विशाखा साहीको स्वर छ । गीतको भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।
गीतमा थारु कल्चरलाई समेत प्रस्तुत गरिएको छ । यो चलचित्र साउनको २३ गतेबाट रिलिजमा आउँदैछ । ओम प्रतीकको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रका निर्माता चुम्बन जंग शाही हुन् ।
चलचित्रमा पल र नीतिको साथमा बेनिशा हमाल, अर्जुन जंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, सारा शर्माको अभिनय छ ।
दिपेन बस्न्यातको छायांकन रहेको यो चलचित्रमा कुमार महर्जनको एक्सन, सुरेश अधिकारी र एसडी योगीको संगीत, प्रमोद ढुंगाना र हर्क साउदको शब्द छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया