Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

‘संसदीय अभ्यासलाई सुदृढ पार्न पत्रकारहरूको भूमिका महत्वपूर्ण’

नेपाल न्युज बैंक
3 घण्टा अघि

मकवानपुर । बागमती प्रदेश सभाको आयोजनामा सम्पन्न ‘संसदीय पत्रकारिता तालिम’ विहीबार मकवानपुरको इन्द्रसरोवर गाउँपालिका, मार्खुमा समापन भएको छ ।
दुई दिनसम्म सञ्चालन भएको तालिममा बागमती प्रदेशका मकवानपुर जिल्लाबाट आएका ३० जना भन्दा बढी पत्रकारहरूले सहभागिता जनाएका थिए।

 

कार्यक्रमको उद्देश्य प्रदेशसभाको कार्यविधि, कानुनी प्रक्रिया, बजेट निर्माण र कार्यान्वयन प्रणाली, सांसदहरूको भूमिका तथा पत्रकारिताको उत्तरदायित्वबारे जानकारी दिएका थिए । तालिममा प्रदेशसभा सचिवालयका उच्च पदस्थ अधिकारी, कानुनविद् र सञ्चार विज्ञहरूले सहजीकरण गरेका थिए ।

 

 

समापन समारोहमा बोल्दै बागमती प्रदेश सभा सभामुख भुवनकुमार पाठकले प्रदेश स्तरको संसदीय अभ्यासलाई सुदृढ पार्न पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।

 

 

उनले सत्य, तथ्य र विश्लेषणमा आधारित संसदीय रिपोर्टिङ प्रदेशको लोकतान्त्रिक अभ्यासका लागि अपरिहार्य भएको बताए ।
कार्यक्रममा सहभागी पत्रकारहरूले यस्तो खालको तालिमले संसदीय गतिविधिलाई अझ प्रभावकारी ढंगले रिपोर्ट गर्न सहयोग पुर्याउने प्रतिक्रिया दिएका थिए। तालिममा सहभागी पत्रकारहरूलाई प्रमाणपत्र प्रदान गर्दै कार्यक्रम समापन गरिएको थियो ।

 

तालिम बागमती प्रदेशसभा सचिवालय तथा अन्य पत्रकार संगठनहरूको सहकार्यमा सम्पन्न भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया