नेपाल न्युज बैंक
4 घण्टा अघि

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ गौरीटार रंगशालास्थित एक गाईगोठमा जुवा खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले गत सोमबार दिउँसो पक्राउ गरेको हो ।
गाईगोठमा पैसाको हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा प्रहरीले हेटौंडा बसोबास गर्ने ४५ वर्षीय दामोदर चौलागाईं, २९ वर्षीय विश्व स्याङ्तान, सुदीप पोख्रेल, प्रदीप ओझा र ५२ वर्षीय बहादुर थिङलाई नियन्त्रणमा लिएको छ ।
घटनास्थलबाट प्रहरीले सात बुक तास, नगद ८१ हजार ३ सय ९० रुपैयाँ र गोटी सहितको काठको लुडोसमेत बरामद गरेको छ । उनीहरूविरुद्ध जुवा सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट सात दिनको म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया