News and Updates
5 घण्टा अघि

काठमाडौं । धर्मश्री विजेता÷वडी विल्डर जीवन गिरी आज नेपालको नेतृत्व गर्दै लण्डन प्रथान गरेका छन् ।
लण्डनमा हुन लागेको युके नेपाल वडी विल्डिङमा नेपालबाट प्रमुख अथितीको रुपमा सहभागी हुन लण्डन प्रथान गरेका हुन् ।
उनले आफू त्यहाँ रहदा थाइल्याण्डमा हुदैँ गरेको १२ औँ वल्ड च्याम्पिएनसिपका लागि आवश्यक पहल गर्ने बताए । साथै उनले आफ्नो स्ट्रेन्थ लिफ्टिङ खेलको पनि प्रचार गर्ने बताए ।
‘यसको प्रमुख अथिती भएर जादैँछु । त्यहाँ गएर हामीले आफ्नो स्ट्रेन्थ लिफ्टिङ खेलको पनि प्रचार गर्नेछु । हाम्रो १२ औँ वल्र्ड च्याम्पिएनसिप थाइल्याण्डमा हुदैँछ ।
त्यसका लागि पनि कुरा राख्नेछु । यो मेरो दोस्रो पटक हो । मेरो काम नेपालको नाम सगरमाथा झैँ उच्च राख्ने हो । हामी अहिलेसम्म वल्र्ड च्याम्पिएनसिपमा धेरै पटक सहभागी भएका छौ,’ उनले भने ।
फेसबुकबाट तपाईको प्रतिक्रिया