नेपाल न्युज बैंक
7 घण्टा अघि

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्कासँग जल विद्युतआयोजनाको प्रगतिबारे जानकारी लिएका छन् ।
सोमबार शीतल निवास बोलाएर मन्त्री खड्कासँग जल विद्युतआयोजनाको प्रगतिबारे जानकारी लिएका हुन् ।
पौडेलले १ सय ४० मेघावाटको जलाशययुक्त तनहुँ हाइड्रो परियोजनाको निर्माण कार्यको प्रगति विवरणको जानकारी लिदैँ समय मैं सम्पन्न गर्न ध्यानाकर्षण गराउनुभएको स्वकीय सचिवालयले जनाएको छ ।
यस्तै उनले तनहुँ हाइड्रोसँगै जोडिएको १ सय २६ मेघावाटको तल्लों सेती परियोजनाको यथाशीघ्र कार्यान्वनका लागि मन्त्री खड्कालाई निर्देशन पनि दिएका छन् ।
राष्ट्रपति पौडेलले जलविद्युत परियोजनाहरूको योजनाबद्ध विकासबारे पनि चासो राखेको स्वकीय सचिवालयले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया