Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

सत्तापक्षसँग छानविन गरी ठोसरुपमा पहल गर्ने सहमति भयो : प्रचण्ड

News and Updates
1 दिन अघि

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा प्रकरणमा छानबिन गर्ने भनि सत्तापक्षसँग लिखितरुपमा सहमति गरेको बताएका छन् ।

 

बिहिबार सत्तापक्षले छानबिन गर्ने प्रतिवद्धता नदिई प्रतिपक्ष तयार हुने स्थिती नभएको भन्दै उनले लिखित सहमती तर्फ गएको बताएका हुन् ।

 

उनले भने,‘ हामी लिखित सहमती गर्ने ठाउँ तिर गयौ । आज मैले प्रतिपक्षहरुसँग छलफल गरिसकेपछि सत्तापक्षको साथिहरुसँग छानबिन गर्ने प्रतिवद्धता नभइकन प्रतिपक्ष तयार हुने स्थिती छैन ।

 

जनमत जसरी गएको छ विषयको गम्भिरतासँगै संवेदनशीलता हेर्दा एउटा गृहमन्त्रीको कुरा मात्र हैन । यो विगतदेखी नै लगातार अध्यागमनको समस्या भईरहेको छ ।’

 

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अझै छलफल गर्न चाहेको बताए ।

 

‘सत्तापक्षको तर्फबाट छलफल गरेर हामीलाई छानविन गर्ने, अध्यन गर्ने र आवश्यक संरचना बनाएर ठोसरुपमा पहल लिने भन्ने प्रतिवद्धता दिइयो ।

 

यो प्रतिवद्धता पनि प्रतिपक्षमा सकरात्मक वातावरण बनेको छ । त्यसमा प्रतिपक्षका अझै साथिहरु छलफल गर्न चाहानु भएको छ,’ उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया