Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

तापजन्य जोखिमबारे गम्भीर हुन आग्रह

News and Updates
24 घण्टा अघि

कीर्तिपुर काठमाडौँ, २९ जेठ । विज्ञहरूले बढ्दो तापक्रमले ल्याउन थालेका विपत्तिबाट हुने जन धनको क्षति रोक्न उपयुक्त नीति बनाइ कार्यान्वयनतर्फ लाग्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

 

 

नेपाल रेडक्रस सोसाइटी र रेडक्रसको अन्तरराष्ट्रिय सङ्गठनद्वारा आज राजधानीमा आयोजित यससम्बन्धी कार्यक्रममा राष्ट्रसङ्घीय आवाससम्बन्धी संस्था युएन हेविट्याटकी विज्ञ प्रज्ञा प्रधानले तातो हावाका कारण पीडित हुने जनतालाई केन्द्रित गरेर नीति नियम बन्नुपर्ने बताए ।

 

 

केही समय अघिसम्म यसलाई समस्या नै नदेख्ने गरिएको उल्लेख गर्दै उनले अब तातो हावाबाट मानव स्वास्थ्यलाई पर्ने प्रभावलाई रोक्ने र परिहाले राहत तथा उपचारका लागि व्यवस्थित प्रणाली अत्यावश्यक भएको बताए ।

 

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव डा प्रकाश बुढाथोकीले मन्त्रालयले तातो हावाका कारण तत्काल धेरै सङ्ख्यामा व्यक्ति प्रभावित हुने भएकाले आपतकालीन समस्याका रुपमा लिने र त्यसअनुसार तयारी गर्ने नीति लिएको बताए । तातो हावाका प्रकोपले मानव स्वास्थ्य र पूर्वाधारलाई क्षति पु¥याउने भएकाले पूर्वचेतावनी दिने प्रणाली स्थापना गर्न खजिएको उनले बताए ।

 

 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले सरकारले तापजन्य प्रकोप व्यवस्थापनका लागि कार्य योजना बनाउने बताए । यसका लागि जनचेतना बढाउने कार्यक्रम, कुल्लिङ सेन्टर र पानी वितरणलगायत कार्य कर्म गर्न थालिएको उनले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया