News and Updates
23 घण्टा अघि

काठमाडौं । भारतमा बिहीबार भएको विमान दुर्घटनाप्रति परराष्ट्रमन्त्री आरजु राणा देउवाले दुःख व्यक्त गरेकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले कठिन समयमा नेपालले भारतप्रति हार्दिक ऐक्यबद्धता प्रकट गर्न चाहेको बताएकी हुन् ।
‘भारतको अहमदाबादमा लन्डनका लागि उडेको एयर इन्डिया एआई १७१ विमान दुर्घटनाको बारेमा सुनेर म अत्यन्तै दुःखी छु’ उनले भनेकी छन्, ‘म प्रभावित परिवार र प्रियजनहरूप्रति मेरो सहानुभूति र समवेदना व्यक्त गर्दछु । यस कठिन समयमा नेपालले भारतप्रति हार्दिक ऐक्यबद्धता प्रकट गर्दछु ।’
गुजरातको अहमदावादस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डनका लागि उडेको एअर इन्डियाको विमान दुर्घटनामा परेको थियो । २४२ जना रहेको विमान उडानको केही मिनेटमै दुर्घटनामा परेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया