News and Updates
24 घण्टा अघि

काठमाडौँ, २९ जेठ । सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठक ५ः३० बजेपछि बस्ने गरी सरेको छ ।
संसद् सचिवालयकाअनुसार विशेष कारणले निर्धारित समयमा बस्न नसकेपछि बैठक सारिएको हो । बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको थियो ।
भिजिट भिसा प्रकरणको विषय उठाएर छानबिन समितिको माग गर्दै प्रतिपक्षी दलहरु नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, नेकपा एकीकृत समाजवादीलगायतले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका छन् ।
प्रतिपक्षी दलहरुको विरोधकै कारण संसद् दुई सातादेखि बस्न सकेको छैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया