News and Updates
1 दिन अघि

काठमाडौं । अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनको मतदान प्रक्रिया जारी छ ।
कीर्तिपुरमा जारी महाधिवेशनमा अध्यक्षका लागि सुजन कडरिया र प्रकाश पौडेल प्यानलबीच प्रतिस्पर्धा हुँदैछ । अखिल महाधिवेशनमा करिब १५ सय प्रतिनिधि सहभागी भएको पूर्वअध्यक्ष सुनिता बरालले बताइन् ।
उनले भनिन्, ‘निर्वाचन बिहानैबाट सुरु भएको छ । करिब करिब १५ सय ३७ जना प्रतिनिधि सहभागि हुनुहुन्छ । विभिन्न ४० ठाउँमा मतदान हुँदैछ । विद्युतीय माध्यमबाट मतदान हुँदैछ । अहिलेसम्म शान्तिपूर्ण रुपमा स्वच्छ प्रतिस्पर्धाका साथ सबै निर्वाचनमा सहभागी भइरहनु भएको छ ।’
यसैगरी निर्वाचनको भोटिङ प्रक्रिया चार बजेसम्म जारी रहने छ । निर्वाचनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया