Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

कँडेल फ्रुट्स सेवा विस्तारमा, ५० आउटलेट सञ्चालनमा ल्याउने तयारी

News and Updates
1 दिन अघि

काठमाडौं । अढाइ वर्ष यता फलफुल व्यवसाय गर्दै आएको कँडेल फ्रुट्सले नयाँ कम्पनी फलफ्रुट्स ब्राण्डमा मुलुकभर ५० वटा आउटलेट विस्तार गर्ने भएको छ ।
सोल्टीमोड चोकस्थित फलफ्रुट्सको पहिलो आउटलेट सञ्चालनमा ल्याएको समूहले आउँदो पाँच वर्षमा मुलुकभर आउटलेट संख्या ५० वटा पुर्याउने व्यावसायिक योजना बनाएको सञ्चालक अग्नि कँडेलले बताए ।

 

 

सन् १९९९मा उनले सोह्रखुट्टेस्थित हालको फलफुलचोकबाट आफ्नो व्यवसाय सुरु गरेका हुन् । ‘दैनिक खानपिनमा फलफुलको भूमिका विशेष रहँदै आएको छ । ताजा र स्वास्थ्यकर फलफुल उपभोक्ताको घर घरमा पुर्याउने उद्देश्यले फलफ्रुट्समार्फत औपचारिक सेवा सुरु गरेका हौँ,’सञ्चालक कँडेलले भने,’फलफुल कृषक र उपभोक्तासँग नजिक रहि कृषि र पर्यटनलाई जोड्नु मुख्य उद्देश्य हो ।’

 

 

उनका अनुसार १० लाख रुपैयाँमै विस्तार गर्न सकिने एउटा आउटलेटमा ५ जनशक्तिले रोजगार पाउन सक्नेछन् । आउटलेट सञ्चालनमा इच्छुकका लागि कम्पनी आफैंले व्यवस्थापन गरिदिने योजना रहेको उनले जानकारी दिए । निकट भविष्यमा कम्पनीले आफ्नो सेवा उपभोक्ताको घरघरमै पुर्याउनका लागि इ–कमर्स प्लाटफर्म प्रयोगमा ल्याउने उनले बताए ।

 

 

उनले भने,‘हामी अहिलेको औपचारिक यात्रालाई ट्रायलका रुपमा लिएका छौँ । निकट भविष्यमा फ्रुट्स क्याफेको अवधारणासहितको आउटलेट पनि सञ्चालनमा ल्याउने योजना बनाएका छौँ । स्वदेशमा बस्दा केही नहुने निराशजनक भाव हटाउने अभियानले यो सुरुवात गरेका हौँ ।’

 

 

आउटलेटमा नेपालमै उत्पादन हुँदै आएको सिजनल फलफुललाई विशेष प्राथमिकतामा राखि उपभोक्तामाझ उपलब्ध गराउने उनले जानकारी दिए । यसका लागि मुलुकका विभिन्न क्षेत्रमा रहेका समुदायसँगको सहकार्यका लागि गृहकार्य सुरु भएको उनले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया