Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

मुगुमा १०८ जनालाई खाद्य सामग्री, अगाउन्जेल भात खुवाउन पाएकोमा खुशी

News and Updates
1 दिन अघि

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाका १४ वटै वडाका १ सय ८ जना विपन्न, असहाय तथा एकल, टुहुरा, सडकमा बस्ने र अपाङ्गता भएका व्यक्तिहरुलाई खाद्यन्न सामग्री वितरण गरिएको छ ।

 

बौद्ध धर्मालम्बीहरुका अनुसार गौतम बुद्धको जन्म, ज्ञान प्राप्त र मृत्यु भएको दिन जेठ २८ गतेको अवसरमा नगरपालिकाले १४ वटै वडाका एक सय आठ जना विपन्न, अपाङ्गता भएका, एकल महिला तथा व्यसहाराहरुलाई खाद्यन्न सामग्री वितरण गरिएको हो ।

 

रिकिका ब्रुकनर एण्ड लामा थिल्ने फाउण्डेशनको आर्थिक सहयोगमा छायाँनाथ रारा नगरपालिकाका वडा कार्यालयको सिफारिसमा आफ्ना वडामा रहेका विपन्न, असहाय, अपाङ्गता भएका व्यक्ति, एकल महिलाहरुलाई प्रति व्यक्ति चार हजार बराबरको तीस केजी चामल, चार केजी दाल, तीन पोका तेल, तीन केजी चिनी, चियापत्ति र अन्य खाद्यन्न सामग्री बितरण गरिएको उक्त फाउण्डेशनका अध्यक्ष अध्यक्ष तोर्चे लामाले जानकारी दिएका छन् ।

 

लामाका अनुसार यो फाण्डेशनले गौतम बुद्धको जन्म, ज्ञान प्राप्त र मृत्यु भएको दिन जेठ २८ गतेको अवसरमा विगत १० बर्षदेखि देशका विभिन्न जिल्लामा विपन्न, असहाय, अपाङ्गता भएका व्यक्ति, एकल महिलाहरुलाइ खाद्यन्न तथा अन्य सहयोग गर्दै आएको र यो पटक मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका भित्र सहयोग गरिएको हो ।

 

‘बर्षभरीको खेती ६ महिना राम्रोसँग खान पुग्दैन । यो सिजन भनेका भोकमरी हुने समय हो । अर्काको मजदुरी गरेर घर परिवारलाई बिहान बेलुकाको खान पु¥याउदै आएको छु । अहिले आखाँको समस्याले गर्दा अर्काको काम गर्न समेत सकिदैन हामी जस्तालाई कहीं कतैबाट यस्ताखाले सहयोग भएका छैनन । अहिले पाएको खाद्यन्न सहयोगले एक महिनाका लागि भएपनी ठूलो राहत मिलेको छ,’छायाँनाथ रारा नगरपालिका—२ का नन्द भियालले भने ।

 

क्यान्सर रोगले श्रीमानको मृत्यु पश्चात ११ दिनको दुधे छोरीसहित अन्य तीन छोरीको पालनपोषण गर्दै आएकी सोही गाउँपालिका—१० की ३३ बर्षिया असौजी बिकले राहत पाउँदा तीनवटा छोरीलाई केही दिनका लागि भएपनी अगाउन्जेल भात खुवाउन पाउँदा सारै खुशी भएको बताइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया