Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

चिसापानी–देउराली–बानीडाँडा सडक धमाधम कालोपत्र हुँदै

News and Updates
3 दिन अघि

पर्वत, २९ जेठ । चिसापानी–देउराली–बानीडाँडा सडक धमाधम कालोपत्र भइरहेको छ । ‘ट्र्याक’ खुलेको १५ वर्षपछि कालोपत्र थालिएको हो ।

 

 

सङ्घीय सरकारद्वारा विनियोजित रु एक करोडको लागतमा सडक कालोपत्र गर्न थालिएको स्थानीय पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

 

 

सडक कालोपत्रसँगै टेवा पर्खाल, वर्षाको पानी निकासका लागि नाली निर्माण,ग्याबियन जाली भर्ने र कल्भर्ट निर्माणलगायत काम गत वर्षनै सम्पन्न भएकामा यस वर्षको बजेटले कालोपत्र मात्र गरिएको हो ।

 

 

यो बाटो भएर वालिङ–हुवास सडकसम्म पुग्न सर्वसाधारणलाई सहज भएको छ ।

 

 

स्थानीय पूर्वाधार विकास कार्यालयका इञ्जिनियर रवीन पन्थीका अनुसार चालु आर्थिक वर्षभित्रै कालोपत्रको सम्पूर्ण काम पूरा हुनेछ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया