Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

News and Updates
1 दिन अघि

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्ने भएको छ ।

 

बुधबार बस्ने यी बैठकहरूमा विभिन्न महत्वपूर्ण विधेयक तथा समसामयिक विषयहरूमा छलफल हुनेछ ।

 

दिनको १ बजे बस्ने विधायन व्यवस्थापन समितिको ७६ औँ बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गरिने कार्यसूची रहेको छ ।

 

यसैगरी सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २८१ औँ बैठक बिहानको ११ः३० बस्दैछ । बैठकमा समितिको अनुगमन कार्यक्रम सम्बन्धमा छलफल गरिने छ ।

 

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया