Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

‘६ महिना काम गर्न दिएको भए निर्मला जस्ता काण्डहरुको वास्तविकता बाहिर आउँथ्यो’

News and Updates
17 घण्टा अघि

कविन्द्र बुर्लाकोटी
सहमहामन्त्री–राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)

निर्मला पन्तको वलात्कार पछिको हत्याको सम्बन्धमा प्रहरीले हेरिराखेको केस हो । रवि लामिछाने जुनबेला गृहमन्त्री हुनुहुन्थ्यो त्यसबेला उहाँले हत्याकाण्डदेखि लिएर अरु थुप्रै कुराहरु मुख्य प्राथमिकतामा राखेर काम गर्नेगरि तयारी गर्नु भएको थियो । उहाँले ठूला ठूला भ्रष्टाचारका काण्डहरु खोल्नेदेखि लिएर एक प्रकारको ‘सिंगम स्टाइल’मा काम गर्नको लागि प्रयास सुरु गर्नु भएको थियो । तर त्यो कसैलाई मन परेन वा रुचेन । ठूला नेताहरु जेल जाने अवस्था आयो । सरकार नै ढालेर रवि लामिछानेलाई बाहिर ल्याउने मात्रै नभइ थुनामा पठाउने अवस्था ल्याइदिए ।

 

निर्मलाको विषयलाई प्राथमिकतामै राखेर काम गर्नुपर्छ भन्नेमा हामी छौं । यसमा दलीय रुपमा गर्नसक्ने कुराहरु, आवाज उठाउने कुराहरु, सदनमा यसलाई बुलन्द गर्ने कुुराहरु सम्बन्धित समितिमा कुराहरु उठाउनेमा लागिराखेका छौं । रवि लामिछाने सम्बन्धमा मानव अधिकार हनन्का दुईवटा ठूला घटनाहरु नै घटे । राती उहाँलाई सुतिरहेको अवस्थामा अचानक उठाएर चितवनबाट पोखरा लैजाने काम भयो । उहाँलाई स्थानान्तरण गर्ने काम गरियो । त्यो मानव अधिकार हनन भएको घटना थियो । अर्को भनेको उच्च अदालतको आदेश आएको सूचना प्रहरीले रेडियो वा टेलिभिजनबाट सुन्नेवित्तिकै कसैले परिचालन गरेको शैलीमा राती नै समातेर अपहरण शैलीमा लिएर जाने काम भयो । त्यसविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा हामीले निवेदन दिएका छौं ।

 

यस्तो अवस्थामा हुँदाहुँदै पनि हामी सहकारी पीडित, मिटरव्याज पीडितहरुका कुरा सरकारलाई सोध्ने मात्र नभइ निर्मला पन्त हत्याकाण्ड जस्ता कुराहरुलाई पनि प्राथमिकतामा राखेर आवाजहरु उठाइरहेका छौं । एक जना वालिका यसरी बलात्कृत हुनु दुर्भाग्यपूर्ण कुरा हो । यस्तो घटनापश्चात पनि राज्यले प्रभावकारी ढंगले अनुसन्धान गरेर दोषीलाई कारवाही गर्नुपर्ने हो र परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने थियो त्यसमा राज्य चुकेको देखिन्छ ।

 

विभिन्न किसिमका अनुसन्धानमा अवरोधहरु खडा भएजस्तो देखिन्छ । अनुसन्धानलाई पठाइएका अनुसन्धान अधिकृतहरु पनि सक्षम थिएनन् की भन्ने लाग्छ । किनभने निर्मलाको कपडा चाँही पानीमा भिजाएर पखालेको जस्तो देखिन्छ । प्रमाण नष्ट होस् भन्ने हिसाव त्यस्तो काम भएको छ । तर यस घटनाले छिटो न्यायिक रुपमा पुरा होस् र उहाँलाई न्याय मिलोस् भन्न चाहन्छु ।

 

निर्मला जस्ता सयौंलाई न्याय दिनेगरी रवि लामिछानेले गर्न खोज्नु भएको कामप्रति हामी दृढ छौं । तर उहाँलाई जुन हिसावले खेदियो त्यो दूर्भाग्यपूर्ण छ । उहाँलाई काम गर्नै दिइएन । यदी ६/८ महिना काम गर्न पाएको भए यस्ता केही काण्डहरु र निर्मला पन्तको वास्तविकता बाहिर आउथ्यो । प्रमाण नष्ट गर्नेहरुलाई नै समातेर अनुसन्धान सुरु गर्ने हो भने सबैकुरा बाहिर आउँछ । त्यसमा को को संलग्न थिए, कहाँ कहाँबाट प्रमाण लुकाउन आदेश आयो ?त्यो आदेश कसरी आएको थियो भन्ने हिसावमा लागेको भए अहिलेसम्म अनुसन्धान टुंगिसक्थ्यो । दोषिहरु प्रकाउ पर्ने थिए । यदी सम्बन्धित व्यक्तिहरु दृढ भएर लाग्ने हो भने यस्ता गुपचुप भएका घटनाहरुबाट दोषी पत्ता लाग्ने र निर्दोषहरु उम्किने अवस्था अवश्य आउँछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया