News and Updates

काठमाडौं । प्रभु क्यापिटलको प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको इकाई खरिदका लागि आवेदन दिने म्याद थप गरिएको छ ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा २५ करोड रुपैयाँ बराबरको २ करोड ५० लाख इकाई बिक्रीमा ल्याएको थियो । यो योजनाको इकाई बिक्री बन्द छिटोमा जेठ २७ गते र ढिलोमा असार ६ गते बैंकिङ समयपछि हुने जनाइएको थियो ।
तर मागबमोजिम आवेदन नपरेकाले अब यो योजनामा असार ६ गतेसम्म आवेदन दिन सकिने भएको छ । यसबीचमा मागभन्दा बढी आवेदन पर्न गएमा असार ६ गते अघिनै बिक्री बन्द गरिने प्रभु क्यापिटलले जनाएको छ ।
लगानीकर्ताले न्यूनतम १ सय कित्ता र अधिकतममा ३१ लाख इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु (आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको यो स्किम खुलामुखी प्रकृतिको स्किम हो
फेसबुकबाट तपाईको प्रतिक्रिया