News and Updates

काठमाडौं । राष्ट्रिय सूचना आयोगले राष्ट्रिय सूचना दिवस देशव्यापी रुपमा मनाउने भएको छ । सरकारले आयोगको आग्रहलाई स्वीकार गर्दै भदौ ३ गतेलाई देशव्यापी रुपमा राष्ट्रिय सूचना दिवस मनाउने निर्णय गरेको हो ।
राष्ट्रिय सूचना दिवसलाई देशव्यापी रुपमा भव्यताका साथ मनाउन आयोगले प्रमुख सूचना आयुक्त डा.सुरेशप्रसाद आचार्यको अध्यक्षतामा मूल समारोह समिति पनि गठन गरेको छ ।
सूचनाको हकसम्बन्धी ऐन २०६४ जारी भई लागू भएको मिति २०६४ भदौ ३ गतेलाई सरकारले यसअघि नै राष्ट्रिय सूचना दिवस मनाउने निर्णय गरेपनि यसलाई तीनै तहका सरकारले देशव्यापी रुपमा मनाउने निर्णय भने पहिलोपटक भएको हो ।
सूचनाको हक सम्बन्धी जागरण पैदा गर्न एवं सूचना प्रवाहको प्रर्वद्धन गर्न आयोगले नियमित रुपमा अन्तरसम्वाद र छलफल कार्यक्रम गर्दै आएको छ ।
गृहमन्त्री रमेश लेखकको आतिथ्यतामा सूचनाको हक सम्बन्धी मन्त्रालयस्तरीय सूचना अधिकारीहरुसँगको अन्तरक्रिया कार्यक्रम यहि जेठ ६ गते सम्पन्न भएको छ ।
यसअघि संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा वैशाख १२ गते विभागस्तरीय सूचना अधिकारीहरुसँग सूचनाको हक सम्बन्धी कार्यक्रम सम्पन्न गरिएको छ ।
यसैगरी आयोगका कर्मचारीहरुको सीप र क्षमता अभिवृद्धि गर्न जेठ १६ र १७ गते दुई दिनको तालिम सम्पन्न गरिएको छ । आयोगको सूचना अधिकारीको जिम्मेवारी उपसचिव देवेन्द्र कार्कीलाई तोकिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया