Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण र अपहरण शैलीमा छ : कविन्द्र वुर्लाकोटी

News and Updates
3 घण्टा अघि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीले पार्टी सभापति रवि लामिछानेलाई जबरजस्ती राज्यले प्रतिशोधपूर्ण हिसाबले पक्राउ गरेको बताएका छन् ।
राज्यको संयन्त्र र कानुनलाई गलत रुपमा प्रयोग गरेर लामिछानेलाई कानुनी प्रक्रिया पूरा नगरी पक्राउ गरिएको रास्वपाको ठम्याइ छ ।

 

 

उनले भने, ‘सर्वोच्च अदालतमा रवि लामिछानेका दुईवटा निवेदन थिए । बन्दीप्रत्यक्षीकरणको सन्दर्भमा गत चैत्र २२ गते राति सभापतिज्यूलाई अदालतको आदेश नै विना जबरजस्ती राज्यले प्रतिशोधपूर्ण हिसाबले पक्राउ गर्ने काम गर्यो । कानुनी प्रक्रिया नै पूरा नगरी पक्राउ गरिएको हो भन्ने हाम्रो बुझाइ हो ।’

 

 

रविलाई त्रासिपूर्ण तरिकाले प्रहरीले अपहरण शैलीमा प्रकाउ गरेको घटना विरुद्ध पुनरावेदन दिएपनि सर्वोच्चले त्यसमा खास ध्यान नदिएको उनको आरोप छ ।
उनले भने, ‘पक्राउविरुद्ध पुनरावेदन थियो र त्यो पुनरावेदन सर्वोच्च अदालतले खास ध्यान दिएर हेरेन । २२ गते राति नै त्रासिपूर्ण घटना प्रहरीले गरेर अपहरण शैलीमा पक्राउ गरेर लग्यो । त्यो आवश्यक थिएन । सामान्यतया उच्च अदालतको फैसला, जिल्ला अदालत गएर जिल्लाले प्रहरीलाई लेखेपछि प्रहरीले कार्यान्वयन गर्नुपर्ने हो । तर राज्यले ज्यादती र मानव अधिकार हनन गर्यो ।’

 

 

साथै, रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्नता देखिएन भन्ने त संसदीय छानविन समितिको प्रतिवेदनमै स्पष्ट गरिसक्दा पनि थुनामा राखिएको छ । तर सहकारीकै अर्बौं रकम अपचलन गरेका व्यक्तिहरु चाँही १०–२० लाख रुपैंयाँ धरौटी राखेर एकदिन पनि प्रहरी कस्टडीमा नबसी बाहिर आउनु राजनीतिक प्रतिशोध नै भएको उनको बझाइ छ ।

 

 

उनका अनुसार सभापति भैरहवाबाट काठमाडौंमा स्थानान्तरण गर्ने कुरा पारिवारिक कुरा पनि रहेकाले र पार्टीको सदस्यहरुसँगको भेटघाट वा सल्लाह गर्न सहज हुन्छ भन्ने हिसाबले हुनसक्छ । तर यस विषयमा पार्टीका तर्फबाट केही कुरा भएको छैन् ।

 

 

यस्तै, उनले भ्रष्टाचारका काण्डहरुले राज्यको मर्यादा नै कम हुने भन्दै यसलाई छानबिन गर्न उच्च स्तरीय छानविन समिति आवश्यक हुने बताए ।
उनका अनुसार अख्तियारमा पनि दलीय भागबण्डामा नियुक्ति भएका मान्छेहरु रहेका छन् । जसका कारण अहिलेको गृहमन्त्रीलाई राजीनामा दिएपछि पनि बोलाएर छानबिन गर्न सक्ने अख्तियारको अवस्था छैन् ।

 

 

उनले भने, ‘अख्तियारले मुद्दा चलाएको छ । त्यो ठिक छ तर त्यहाँ पनि दलीय भागबण्डामा नियुक्ति भएका मान्छेहरु छन् । हालको सरकारमा रहेका दलका नेताका मान्छेहरु नियुक्ति भएका छन् । यस्तो अवस्थामा अख्तियारले पनि गृहमन्त्री तहमा छानबिन गर्न सकिने देखिदैँन् । अहिलेको गृहमन्त्रीलाई राजीनामा दिएपछि पनि बोलाएर छानबिन गर्न सक्ने अख्तियार देखिदैँ्न ।’

 

 

गृहमन्त्रीले नैतिकताको आधारमा छानबिनलाई नसघाउने हो भने प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने वा नेपाली काङ्ग्रेसले गृहमन्त्रीलाई फिर्ता बोलाउनुपर्ने पनि उनको भनाई छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया