News and Updates

जुनसुकै सर्जरीमा पनि अलिकति साइड इफेक्ट देखिन्छ । त्यसलाई कसरी मिनिमाइज गर्ने भन्ने कुरा सर्जनको हातमा भर पर्छ । उसको अनुभव र ज्ञानको आधारमा साइड इफेक्टलाई मिनिमाइज गराउन सकिन्छ ।
डा.जसवन शाक्य
कस्मेटिक प्लास्टिक सर्जन
शरीरमा गरिने प्लास्टिक सर्जरीको कुरा गर्दा यसको महत्वबारे बुझनुपर्छ । वास्तवमा ‘प्लाष्टिक’ भन्ने शब्द ग्रिक हो । शरीरको कुनैपनि भागको छाला वा मांसपेशी बिग्रिएकालाई बनाउने र प्लास्टिक जस्तै मोड्ने भएकाले प्लास्टिक सर्जरी भनिएको हो । यसमा कुनै प्लाष्टिकको प्रयोग हँुदैन । प्लास्टिक सर्जरी सामान्य दुई प्रकारका हुन्छन् । एउटा रिक्रस्टक्टिभ(पुनसंरचनात्मक) सर्जरी र अर्को कस्मेटिक सर्जरी हो । प्लास्टिक सर्जरीमध्ये कस्मेटिक र रिक्रस्टक्टिभ (पुनर्संरचनात्मक) सर्जरीमा थोरै भिन्नता छन् ।
पुनसंरचनात्मक सर्जरीमा आगोले पोलेर अंगभंग भएको वा दुर्घटना भएर शरीरहरु बिग्रेको अथवा जन्मजात समस्या भएको शरीरको बाहिरी भागमा र क्यान्सर भएर शरीरको कुनै अंग फाल्नुपर्ने समस्यामा पुनर्संरचनात्मक सर्जरी गरिन्छ । कस्मेटिक सर्जरी भनेको चाहीं शरीर चित्त नबुझेर राम्रो बनाउनका लागि प्रयोग गरिन्छ । कुनै सानो लागेर ठूलो बनाउने वा ठूलोलाई सानो बनाउने कामलाई कस्मेटिक सर्जरी भनिन्छ ।
सामान्य रुपमा दुई प्रकारका सर्जरी चल्तीमा छन् । यसमा पुनसंरचनात्मक(रिक्रस्टक्टिभ) चाहीं बाध्यात्मक सर्जरी हो । जसमा आगोले पोलेर वा दुर्घटना भएर वा जन्मजात नै अंगमा समस्या भएमा त्यसमा रिक्रस्टक्टिभ सर्जरीको विधि अपनाइन्छ । ओठ, तालु फाटेको, औंलाहरु टाँसिने वा ६ वटा हुने जस्ता समस्यालाई चाहीं पुनःसंरचनात्मक सर्जरी गर्नुपर्छ । यिनीहरु बाध्यात्मक सर्जरी हो । यस्तो सर्जन गराउनेहरुलाई जीवन सहज हुन्छ । तर कस्मेटिक सर्जरी राम्रो बनाउनलाई गरिने भएकाले उसको दैनिकीमा पनि केही फरक पर्दैन । नितान्त रुपमा आफूलाई राम्रो बनाउन गरिने भएकाले यसलाई कस्मेटिक सर्जरी भनिन्छ ।
कस्मेटिक सर्जरीले पूरै अनुहार वा शरीरको भाग परिवर्तन गर्ने भन्ने हँुदैन । भएकालाई अलिकति मात्र परिवर्तन गर्ने हो । पूरै अनुहार नै परिवर्तन गर्ने भन्ने हुँदैन । जुनसुकै सर्जरीमा पनि अलिकति साइड इफेक्ट हुन्छ । साइड इफेक्टलाई कसरी मिनिमाइज गर्ने भन्ने कुरा सर्जनको हातमा भर पर्छ । उसको अनुभव र ज्ञानको आधारमा साइड इफेक्टलाई मिनिमाइज गर्न सक्छ । यो सुरक्षित छ तर कुनैपनि सर्जरी सतप्रतिशत अर्थात एकसय प्रतिशत राम्रो हुन्छ भन्ने हुँदैन् ।
कस्मेटिक सर्जरीको कुरा गर्दा केका लागि गराउने, अपेक्षा के हो, के चाहनुहुन्छ वा परिणाम के हो भन्नु कुरा बुझन जरुरी छ । र सर्जरी गर्नु अगाडि अपरेसन गर्ने डाक्टरले सर्जन गराउने व्यक्तिको चाहनालाई कतिको बुझेको छ त्यो व्याख्या गर्न जरुरी छ । यो दुवै जनाको कुरा अपरेसन हुनुभन्दा अगाडि राम्रोसँग परामर्श भयो भने जटिलताहरु कम हुनजान्छ । तर परामर्श भएन वा सर्जनले बुझाउन सकेन र अपरेसन गराउने मान्छेले पनि बुझ्न सकेन भने अप्ठ्यारो परिस्थिति आउन सक्छ ।
कसैको इच्छा हुनसक्छ अरुको राम्रो अनुहार देखेर आफ्नो पनि त्यस्तै अंग चाहियो भन्नुहोला तर अपरेसन उस्तै हुन्छ या हुँदैन थाहा हुँदैन । र गर्न मिल्छ मिल्दैन सर्जनलाई थाहा हुन्छ । उसले बुझाउनुपर्ने हुन्छ । दुवै पक्षको जनाको मिलेन भने समस्या आउँछ । प्लास्टिक सर्जरी विग्रिने वा नविग्रिने भनेको सर्जनको हातको कुरा हो । सर्जनको अनुभवमा भर पर्छ । अनि विग्रेको कसलाई भन्ने कुरा पनि आउँछ । जस्तै अपरेशन गराउने मान्छेको सोचेको जस्तो अप्रेसन रिजल्ट आएन भने विग्रियो कि भन्ने सोच आउन सक्छ । तर त्यो अपरेशन विग्रिएको हुँदैन । अपरेशन गर्नेलाई चित्त नबुझेको मात्रै हो । प्लास्टिक सर्जरीमा धेरै यस्ता कुराहरु आउँछन् ।
प्लास्टिक सर्जरी विग्रियो भने त्यसलाई मिलाउन सकिन्छ । सर्जरी गरेको मान्छेको चाहना अनुसार अझै परिवर्तन गर्न सकिन्छ । यस्ता कुरा सबै सर्जनको हातमा भर पर्छ । प्लास्टिक सर्जरी एकसय प्रतिशत नै सफल हुन्छ भन्ने हुँदैन । केही प्रतिशत हुन्छ । त्यसमा खर्चको पनि कुरा आउँछ । सर्जरी गराउन करिब २० हजारदेखि लिएर चार लाखसम्म खर्च हुनसक्छ । कुन चाँही अपरेशन गर्ने भन्ने कुरा प्रमुख हो ।
अनुहारको सर्जरी गर्दा आँखाको केही भाग बनाउने, आइब्यागहरु हटाउने, नाकको सर्जरी गर्ने, फेसलिप्ट सर्जरी गर्ने, ओठको साइजहरु घटाउने जस्ता सर्जरीहरु बढी भइरहेका हुन्छन् । नेपालमा सबैभन्दा धेरै हुने भनेको आइलिड सर्जरी हो । आइलिड सर्जरी ५० हजारदेखि सुरु हुन्छ नेपालमा ।
प्लास्टिक सर्जरीपछि व्यक्तिलाई लाभ कसरी हुन्छ भने उसले सर्जरी के को लागि गराउन खोजेको हो त्यसमा निर्भर हुन्छ । आफूले भनेजस्तो भयो भने त्यसमै सन्तुष्टि हुनसक्छ । साइड इफेक्ट हुने भयो भने सर्जनले सर्जरी नै गर्दैन । कुनै कुनै अपरेसनको कम्लिकेसन हुनसक्छ । सबैभन्दा सस्तो भनेको बाध्यात्मक सर्जरी हो । जसले मानिसको जिविकोपार्जनका लागि सहजिकरणको गरिदिन्छ । कस्मेटिक सर्जरी चाहीं राम्रो बन्नको लागि हो त्यसैले अलि महंगो पर्छ ।
हरेक सर्जरीका हेरचाह गर्ने आ–आफ्नै विधिहरु छन् । अपरेशन गरिसकेपछि सिकाएर पठाउने गरेका छौं । छालाको कसरी स्याहार गर्ने, औषधि प्रयोग गर्ने तौर तरिका अपरेशन अनुसार नै फरक हुन्छन् । सर्जरी गरिसकेपछि खानपानले अलिकति फरक पार्छ । चुरोट खाने मान्छेलाई जुनसुकै सर्जरी गर्दाखेरि पनि घाउ निको नहुने समस्या आउन सक्छ । जाँडरक्सी खाने मान्छेको पनि घाउ निको हुन समय लाग्छ । यो हरेक अपरेशन अनुसार फरक हुन्छ ।
अपरेशन गरिसकेपछि कसरी स्याहार गर्ने भन्ने कुरा महत्वपूर्ण छ । जुनैपनि सर्जरी गर्दापनि कुनै अप्ठ्यारो भयो भने तुरुन्तै अपरेसन गर्ने डाक्टरलाई भेटिहाल्नुपर्छ । यो बाहेक अरु उपाय केही छैन । टाँका काट्नुभन्दा अगाडि फुस्क्यो र टाँका फुस्कियो वा रगत बग्न थाल्यो अथवा इन्फेक्सनको संकेतहरु देखिन थाल्यो भने तुरुन्त डाक्टरलाई भेट्नुपर्छ । उपचार सुरु गरिहाल्नुपर्छ । नत्र यसले ठूलो समस्या निम्त्याउन सक्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया