News and Updates

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम सांसद अर्जुननरसिंह केसीले स्थानीय सम्पदाको संरक्षण एवम पर्यटन प्रवद्र्धनमा मिडिया र स्थानीय संघसस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा मिसन मिडिया क्लवले आयोजना गरेको सम्पदाको संरक्षण र पर्यटन प्रवद्र्धनमा मिडिया, संघसस्थाको भूमिका विषयक छलफल कार्यक्रमलाइ सम्बोधन गर्दै केसीले मुर्त वा अमूर्त सम्पदासंगै विविधासहितको संस्कृति र रितिरिवाज आफैमा बहुआयामिक भएको पनि बताए ।
सबै किसिमका सम्पदा अर्थात मौलिक संस्कृति, कला, साहित्य, भाषा र संस्कृतिको संरक्षणमा सहकार्यसहितको पुस्तान्तरण आवश्यक रहेको पनि बताए ।
सो अवसरमा केसीले एकहप्ते उद्घोषण तालिमका दुई दर्जन प्रशिक्षार्थीहरुलाइ प्रमाणपत्र समेत वितरण गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले सम्पदा संरक्षणमा संस्थागत चासो देखाउँदै मिसन मिडिया क्लवले लिएको पहलकदमीको प्रशंसा गरे । साथै महासचिव दाहालले मिडियाले सम्पदा संरक्षणको लागि अभियान नै चलाएर सरोकारवालाको ध्यानाकर्षण गर्नुपर्ने बताए ।
काठमाडौं महानगरपालिका अन्र्तगतको हनुमानढोका क्षेत्र संरक्षण कार्यक्रमको सहकार्य तथा महानगर वडा नम्बर १९ र विपद पत्रकारिता सञ्जालको समन्वयनमा आयोजित उक्त कार्यक्रममा लोकतान्त्रिक छापामाध्यम सञ्जालका अध्यक्ष दामोदर दवाडीले सञ्चार सम्वद्ध संस्थाले स्थानीय सम्पदाको सरक्षणसंगै पर्यटन प्रवद्र्धनको लागि लिएको चासो अर्थपूर्ण रहेको बताए ।
क्लवका अध्यक्ष श्रीजन झाले सम्पदा संरक्षणका लागि प्रयास गर्ने बताए । कार्यक्रममा काँग्रेस महासमिति सदस्यद्वय तेवेन्द्र शाक्य, प्राडा अमिता प्रधान ,वरिष्ठ कलाकार शिवहरी नेपाल, उदघोषण विधाका प्रशिक्षक नरेश मल्ल, तालिमका प्रशिक्षार्थी एव् नेपाल औषधि थोक व्ययवसायी संघका अध्यक्ष गणेश नेपाल ६७ वर्षीय प्रशिक्षार्थीबालमुकुन्द मूल्मी , काठमाडौं महानगर वडा न १९ की सदस्य रञ्जिता परियारलगायतले आफ्नो भनाइ राखेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया