Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

News and Updates
1 दिन अघि

मध्यविन्दु नवलपरासी, १६ जेठ । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी बर्दघाट सुस्तापूर्वको चोरमारा र दुम्कीवासमा बनाइएको डाइभर्सन बाढीले बगाउँदा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ ।

 

 

 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत चोरमारा र दुम्कीवासमा निर्माण गरिएको वैकल्पिक सडक बाढीले बगाएपछि यातायात आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्वका प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए ।

 

 

 

चोरमारा र दुम्कीवासमा पुल भाँचिएपछि बनाइएको डाइभर्सन बिहीबार रातिको वर्षाले बगाएपछि अहिले वैकल्पिक सडक निर्माणको काम सुरु गरिएको छ । अहिले चोरमारा र दुम्कीवास क्षेत्रमा सयौँ यात्रु बाटोमा अलपत्र परेका छन् ।

 

 

 

नवलपरासी बर्दघाट सुस्तापूर्व अन्तर्गत पर्ने चोरमारा पुल गत वैशाख २९ गते र दुम्कीवास पुल गत पुस २६ गते भाँचिएको थियो । पुल भाँचिएपछि खोलाबाट डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन गरिँदै आएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया