News and Updates

काठमाडौं । त्रिपुरेश्वर, भोटेवहाल, थापाथली, सुन्धारा, बबरमहललगायत काठमाडौं महानगरपालिका वडा नम्बर ११ का सबैजसो ठाउँमा ढल निकास प्रणाली निर्माण गरेर पानीको निकास दिने कामलाई प्राथमिकतामा राख्नु पर्ने वडाबासीले माग गरेका छन् ।
ढलको आकार बढाउनु पर्ने, सफा गरेर पानीको निकास निर्वाध बनाउनु पर्ने माग राख्दै उनीहरुले बाढीजन्य विपदबाट आफूहरुलाई डर लागि रहेको बताएका हुन् ।
बिहिबार वडाले आयोजना गरेको आर्थिक वर्ष २०८१÷०८२ मा सम्पन्न योजनाको सार्वजनिक सुनुवाई र आर्थिक वर्ष २०८२÷०८३ को योजना तर्जुका कार्यक्रममा सहभागी स्थानीयबासीले गएको वर्षको बाढीले पु¥याएको क्षति, मेलम्ची खानेपानीको पाइप लाइन फुट्दा उत्पन्न त्रास र यस वर्ष औसतभन्दा माथि बर्षा हुने पूर्वानुमानका विषयमा कुरा गर्दै पानीको सहज निकास आवश्यक रहेको बताए ।
कार्यक्रममा २२ जनाले वडाका कामको समीक्षा गर्दै आफ्ना अपेक्षा राखेका थिए । सहभागीहरु स्थानीय टोल सुधार समिति, उपभोक्ता समिति, क्लव, व्यवसायी, सामाजिक संघसंस्थाका प्रतिनिधि तथा वडाबासी थिए ।
सहभागीको प्रश्नको जवाफमा वडाध्यक्ष एवं महानगरपालिकाको भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकारले स्थानीयको मागलाई विश्लेषण गरेपछि देखिने चित्रलाई कार्यान्वयन गरिरहेको बताए ।
उनले भने,‘धेरै जनाको मत जे मा छ, हामी त्यही गरिरहेका छौँ । हाम्रो क्षेत्राधिकारभित्र नपर्ने गुनासा आउँछन् । ती गुनासा लिएर जसको क्षेत्रमा पर्छ । उसलाई भनेर समाधान गरिरहेका छौँ ।’ कार्यान्वयन योग्य योजनामा ढल निकासलाई उदाहरण बनाएर तण्डुकारले भने, ‘ढल निकासको समस्या छ भने त्यो समस्या लिएर एक्लै वडामा नआउनु ।
छिमेकीसँग सल्लाह गरेर सबैको एउटै मत बनाएर आउनु । अनि मात्र कार्यान्वयन गर्न सकिन्छ । नत्र एउटाले माग्ने अर्कोले रोक्ने हुन थाल्छ । यसरी नतिजा निकाल्न सकिँदैन ।’
महानगरपालिका स्थापनाको सिद्धान्तबमोजिम अधिकार प्रक्षेपण नगरिएका कारण महानगरपालिकाले आफ्नो क्षमताअनुसारको नतिजाका लागि काम गर्न नपाएको प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेले बताए
फेसबुकबाट तपाईको प्रतिक्रिया