Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

सानो मेहेनत र प्रयासले नेपालमा गणतन्त्र आएको होइन : माधव नेपाल

News and Updates
2 दिन अघि

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले भनेजस्तै सानो मेहेनत र प्रयासले नेपालमा गणतन्त्र नआएको बताएका छन् ।
१८ औं गणतन्त्र दिवसका अवसरमा बोल्दै उनले गणतन्त्र दिवस मनाइरहेको बेलामा विगतका अनेक उतारचढावको सम्झना आइरहेको बताएका हुन् ।

 

 

उनले भने, ‘आज गणतन्त्र दिवस मनाइरहेको बेलामा विगतका अनेक उतारचढावको सम्झना भइरहेको छ । सानो दुःखले आर्जेको मुलुक यो होइन भनेजस्तै सानो मेहेनत र प्रयासले नेपालमा गणतन्त्र आएको होइन । यो राम्ररी सम्झना गर्नुपर्ने आवश्यकता छ । कम्युनिस्ट पार्टीभित्रै पनि आँट, दृष्टिकोण नभएका पनि हुन्छन् । समय अनुसार चल्न नजान्नेहरू, समयको प्रवाहलाई नबुझ्नेहरुमा आत्मविश्वास पाउन सकिदैन् ।’

 

 

साथै उनले चुनौतीको सामना गर्दै अवसरलाई सदुपयोग गरेर अघि बढ्ने आँट गर्नुपर्ने बताए । उनले अहिलेका समस्याहरू के के हुन् त्यसका बारेमा वस्तुनिष्ट तरिकाले अघि बढ्न सक्नुपर्ने बताए । उनले अहिले आफूहरूको अगाडि भएका समस्यालाई वस्तुनिष्ट तरिकाबाट अघि बढ्न आवश्यक रहेको जिकिर गरे ।

 

 

तत्कालीन नेकपा एमालेभित्र देखिएका विचार प्रवृत्तिको दृढताका साथ विरुद्धमा उत्रिएको स्मरण गर्दै अध्यक्ष नेपालले चुनौतीको सामना गर्ने र अवसलाई सदुपयोग गरेर अघि बढ्नेहरुले इतिहासमा आफ्नो भूमिका निर्वाह गर्नसक्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया