Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

आजको मौसम : देशभर बदली रही केही स्थानमा वर्षा हुने

News and Updates
1 दिन अघि

हाल देशमा पश्चिमी तथा स्थानीय वायुका साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

 

सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदलीदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

 

 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो, देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

 

 

आज राती कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहनेछ ।

 

 

कोशी प्रदेशको केही स्थानहरू, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरु र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया