Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

सिक्रेटारमा बालउद्यान निर्माण

News and Updates
1 दिन अघि

भोजपुर, १४ जेठ । बालबालिकाको मनोरञ्जनका लागि अरुण गाउँपालिका–७ सिक्रेटारमा वडा कार्यालययले रु १० लाख खर्चेर बाल उद्यान निर्माण गरेको छ ।

 

 

 

वडाध्यक्ष कुमार थापाका अनुसार यहाँका पर्यटकीय क्षेत्रको विकाससँगै बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्यलाई दृष्टिगत गरी बाल उद्यान निर्माण गरिएको हो । बाल उद्यान हुँदै यहाँको कैलाशडाँडा र हरित पहाडलगायत क्षेत्रलाई जोडेर एकीकृत पर्यटकीय क्षेत्रको विकासमा वडाले योजनाबद्ध रूपमा काम थालेको उनले बताए ।

 

 

 

स्थानीय खड्कबहादुर खड्काले बाल उद्यान अभिभावकलाई आफ्ना बालबालिका घुमाउने उपयुक्त स्थल बनेको बताए । उद्यानमा बालबालिकाको मनोरञ्जनका लागि विभिन्न भौतिक संरचना निर्माण गरिने वडा कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया