News and Updates

मुगु । मुगुमा कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने उद्देश्यले हाते ट्याक्टर, थेसर मेसिन, कुटानी पिसानी मिललगायतका सामग्री वितरण गरिएको छ ।
स्याउ, सिमीलगायतका खेतीलाई यान्त्रीकरण गर्ने अभियान अन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइले सक्रिय एवम मझौला किसानलाई औजार वितरण गरेको हो ।
जस अन्तर्गत १८ वटा हाते ट्याक्टर,चार थान थेसर मेशिन, चारवटा कम्माइन मिल, दुईथान रैथाने कुटानीपिसानी मिल, ३० थान अन्न भण्डारका लागि सिडबिन, ४५थान आरालगायतका औजार वितरण गरिएको हो ।
ति औजारहरु कुल मूल्यको ५० प्रतिशत अनुदान र ५० प्रतिशत कृषकहरुको लगानीमा हाते ट्याक्टर र अन्य औजार ५० प्रतिशतमा छुटमा पाउदा कृषकहरु खुशी भएका छन् ।
किसानको ५० प्रतिशत लागत सहभागितामा हाते ट्याक्टरलगायत अन्य औजार उपकरण कृषकहरुको घरघरमा ढुवानी गरि बिशेषगरी स्याउ र सिमी जोन क्षेत्रका कृषकहरुलाई लक्षित गरी आ.व २०८१/०८२को बार्षिक कार्यक्रम अनुसार व्यावसायिक, सामूहिक, कुषि फर्म र सहकारीमा आवद्ध किसानलाई यान्त्रीकरण सामानहरु सहयोग प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ मुगुका प्रमुख तेज विक्रम मल्लले बताए ।
गाउँका युवा विदेशिएकाले कृषि क्षेत्रमा काम गर्ने मजदुर समेतको अभाव हुनुका साथै पछिल्लो समयमा गोरु पाल्न समेत कम हुँदै जाने भएकाले कृषिमा यान्त्रीकरण गर्दै लागत घट्ने र आन्दानी बढ्ने निश्चित भएको खत्याड गाँउपालिका वडा नम्बर ४ का कृषक धन बहादुर थापाले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया