३ फाल्गुन २०८२, आईतवार
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार

आज नेपाली कांग्रेसको पदाधिकारीहरुको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारीहरुको बैठक आज बस्ने भएको छ ।

 

 

सोमबार बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको हो ।

 

 

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीको क्रियाशील सदस्यता नवीकरण सम्बन्धमा हालसम्म भएका प्रगतिबारे छलफल हुनेछ ।

 

 

पार्टी महामन्त्री गगन थापाको संयोजकत्वमा रहेको क्रियाशील सदस्यताबारे समितिले त्यस विषयमा पदाधिकारी बैठकमा जानकारी गराउने छ ।

 

 

यस्तै, बैठकमा गृहमन्त्री रमेश लेखकसँग जोडिएको अध्यागमन विवादबारे पनि छलफल हुनसक्ने बुझिएको छ ।