२७ आश्विन २०८२, सोमबार
कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

तिलामा असिनापानीले स्याउ बगैँमाचामा क्षति

जुम्ला, ११ जेठ, असिना सहितको वर्षात्ले यहाँका स्याउ बगैँचामा क्षति पु¥याएको छ । तिला गाउँपालिका–९ मा शुक्रबार साँझ परेको असिनाले बगैँचामा क्षति पु¥याएको हो ।

 

विशेष गरेर राँस, मालपानी खोप्री, ढिपु गाउँका गहँु, जौ, आलु, सिमीलगायत बालीनाली स्याउ, ओखरमा असिना पानीले क्षति गरेको वडाध्यक्ष धनबहादुर रावतले जानकारी दिएयो ।

 

झण्डै आधा फिट असिना परेको थियो । वडाध्यक्ष रावतले भन्नुभयो, “पाकेको बाली खेतबारीमै झारेको छ ।

 

सिमी, आलु, मकै, फापरलगायतको बाली नष्ट पारेको छ । स्थानीय सरकारदेखि प्रशासनलाई राहतका लागि पहल भइरहेको छ ।

 

असिनाले राँसाका ११० र मालापानी गाउँका ६८ घरघुरी प्रभावित बनेको वडाध्यक्ष रावतको भनाइ छ ।